बाँके प्रहरीले रेडपाण्डा ओसारपसार मुद्दाका एक फरार व्यक्तिलाई पक्राउ गरेको जनाएको छ ।
आइतबार बाँके प्रहरीले बैजनाथ गाउँपालिका वडा नम्बर ६ का ४२ बर्षिय नरबहादुर वलीलाई पक्राउ गरेको हो । वलीलाई बाँके जिल्ला अदालतले २०७७ असोज ६ गते रेडपाण्डा ओसारपसार मुद्दामा ५ बर्ष ५ महिना १४ दिन कैद सजाय तोकेको प्रहरीले जनाएको छ ।
अदालतको फैसला पश्चात् वली हालसम्म फरार रहदै आएका थिए । पक्राउ परेका वलीलाई आजै बाँके जिल्ला अदालत बुझाएको प्रहरीले जनाएको छ ।
१४ कार्तिक २०७८, आईतवार १२:१९ प्रकाशित