११ बैशाख २०८१, मंगलवार
बाँकेमा थप एक कोरोना संक्रमित महिलाको मृत्युु
  • पुष्पराज हमाल

१४ कात्तिक, कोहलपुर । कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ की एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

वलीका अनुसार बैजनाथ-५ की ६३ बर्षिया कोरोना संक्रमित ती महिलाको गएराती १०:३० बजे नेपालगन्जको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक व्यक्तिलाई गत ९ गते अस्पताल भर्ना गरिएको थियो । १० गते कोरोना परिक्षण गर्दा उनलाई संक्रमण पुष्टि भएको थियो ।

योसङ्गै बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६६ पुगेको छ । जसमध्ये, बाँकेका ३३९ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाबाट उपचार गराउन आई मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।

  • १४ कार्तिक २०७८, आईतवार ११:४७ प्रकाशित
  • Nabintech