नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को सातौं महाधिवेशनको टुंगो लागेको छ । नुवाकोटको ककनीमा बुधबार बसेको संघीय समितिको सातौं पुर्ण बैठकले महाधिवेशनको टुंगो लगाएको अध्यक्ष डण्ड गुरुङले जानकारी दिए ।
अध्यक्ष गुरुङका अनुसार २०७८ माघ महिनाको ७ र ८ गते सातौं महाअधिवेशन गरिने भएको छ तर, स्थान भने पछि तोकिने उनले जानकारी दिए ।
मङ्सिर १५ गतेसम्म सदस्यता बितरण तथा नविकरण गरिसक्ने, मङ्सिर २५ गते सबै जिल्लाको अधिवेशन गर्ने र पुष २४ गते सबै प्रदेशको महाधिवेशन गर्ने निर्णय भएको अध्यक्ष गुरुङले जानकारी दिए ।
१० कार्तिक २०७८, बुधबार २०:२४ प्रकाशित