एमाले राप्तिसोनारीमा अधिवेशन सम्पन्न भएको छैन : अध्यक्ष थारू
  • काँचुली खबर

नेकपा एमालेको राप्तिसोनारी गाउँपालिकास्तरिय अधिवेशनमा विवाद देखिएको छ । एमालेको एकपक्षले हिजै अधिवेशन सम्पन्न भइ अध्यक्षमा मनोज केसी निर्वाचित भएको बताइरहदा हालका अध्यक्ष तुल्सीराम थारुले अधिवेशन अझै नसकिएको बताएका छन ।
‘अध्यक्ष र उपाध्यक्षमा सहमत भएको छैन, ती बाहेक अन्य पदहरुमा सर्वसम्मत भइसक्यो । हामी छलफलमै छौं ।’ थारुले भने, ‘ कस्ले कस्लाई अध्यक्ष बनायो मलाई थाहा छैन, अध्यक्ष र उपाध्यक्षको बिषयमा छलफलमै छौं भोलि अधिवेशन सम्पन्न गर्ने गरी कुरो भएको छ ।’
वर्तमान अध्यक्षका दावेदार मानिएका मदन ओलीले पनि एकपक्षीय ढङ्गबाट अधिवेशन सम्पन्न गरिएको भनेर हल्ला फिजाएको प्रति असन्तुष्टि पोखेका छन । ‘धादलीपुर्ण ढङ्गबाट एकलौटी रुपमा पदाधिकारी घोषणा गरिएको प्रति गम्भीर आपत्ति व्यक्त गर्दै नेतृत्वले गरेको यसखालको रवैयाले पार्टीलाई बलियो नभई कमजोर बनाउने भन्दै उनले पार्टी नेतृत्वप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन ।
त्यसैगरी, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा पनि विवाद देखिएको छ । अध्यक्षका आकाँक्षी धेरै देखिएपछि हिजो अधिवेशन स्थगित गरिएको थियो । अहिले ती दुई पालिकामा सर्वसम्मत गराउनका लागि एमालेका जिल्लास्तरीय नेताहरु लागिरहेका छन । सर्वसम्मत हुन नसके निर्वाचनमा जाने तैयारी गरिएको बताइएको छ ।

  • १० कार्तिक २०७८, बुधबार १२:२३ प्रकाशित
  • Nabintech