युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले खेल क्षेत्रमा नयाँ क्रान्ति आवश्यक रहेको बताएका छन । मंगलबार नेपाल अन्तराष्ट्रिय तथा राष्ट्रिय खेलाडी संघका पदाधिकारीहरुसँगको भेटघाटका क्रममा मन्त्री अथकले नेपाली खेल क्षेत्रको विकासकालागि नयाँ ढंगको संघर्ष आवश्यक रहेको बताएका हुन ।
समग्र नेपाली युवा तथा खेलाडीहरुको भविश्य निर्माणको जिम्मेवारी आफ्नो काँधमा आएको बताउँदै मन्त्री अथकले सबै पक्षसँगको सहकार्यबाट खेल क्षेत्रलाई माथि उठाउन मन्त्रालयले दिर्घकालीन योजना ल्याउने तयारी गरीरहेको उल्लेख गरे । “खेलाडीहरु नै मेरो सबैभन्दा नजिकका सल्लाहकार हुन” युवा तथा खेलकुद मन्त्री अथकले भने, “खेल क्षेत्रका विज्ञहरुसँगको आवश्यक परामर्शबाट मन्त्रालयको आगामी रणनिति तय गरीनेछ ।”
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

मन्त्री अथकलाई भेट्न सिंहदरबारस्थित मन्त्रालय पुगेका अग्रज खेलाडीहरु बैकुण्ठ मानन्धर, हरी रोका, दिपक विष्ठ, संगिना बैद्य लगाएतले खेलाडीहरुको मनोबल बढ्ने गरी सेवा सुविधाको ब्यवस्था मिलाउन आग्रह गरे ।
त्यसक्रममा नेपाल अन्तराष्ट्रिय तथा राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठले समग्र खेलाडीहरुको तर्फबाट विभिन्न मागसहितको ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझ्दै मन्त्री अथकले खेलाडीहरुका उचित मागको सम्बोधन गर्दै खेल क्षेत्रलाई चुस्त दुरुस्त बनाउन लाग्ने प्रतिवद्धता समेत जनाएका छन ।
९ कार्तिक २०७८, मंगलवार १९:११ प्रकाशित