६ महिनाभित्रै सबै भुमिहीनले लालपुर्जा पाउँछन : थारु
  • काँचुली खबर

अखिल नेपाल सुकुम्बासी संघ बाँकेको भेला तथा प्रशिक्षण कार्यक्रम आईतबार कोहलपुरमा सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेता एंव संगठनका ईन्चार्ज सन्त कुमार थारुले सुकुम्बासीको समस्या माओवादी पार्टीले मात्रै समाधान गर्ने बताए ।

उनले माओवादी भुमिहीन सुकुम्बासी र अव्यवस्थीत वसोवासीहरुको पार्टी भएको भन्दै आगामी ६ महिना भित्र सम्पुर्ण भुमिहीनको लागत संकलन गरि जग्गा बितरण गरि सक्ने बताए ।

कार्यक्रममा माओवादी नेतृ पुर्णा कुमारी सुबेदीले आगामी निर्वाचन अघि नै भुमिहीन सुकुम्वासी र अव्यवस्थीत बासोवासीको हातमा हातमा पुर्जा बितरण गरिने बताईन । उनले गठबन्धन सरकारमा भुमिसुधार मन्त्रालय माओवादीको भागमा रहेको भन्दै भुमि सुधारलाई मौलिक हकका रुपमा रहेकाले सबै भुमिहीनलाई एक पटक राज्यले निशुल्क जग्गा दिने बताईन ।

अखिल नेपाल सुकुम्बासी संघका केन्द्रीय अध्यक्ष अमर परियारले बास्तबिक भुमिहनले जग्गा पाउने गरि भुमिऐनको संसोधन गरि छिटो भन्दा छिटो जग्गा बितरण गर्ने गरि काम भई रहेको बताए । उनले भुमि आयोगमा भुमिहीन सुकुम्वासी र अव्यवस्थीत बसोवासीको समेत प्रतिनिधीत्व गराएर काम गर्ने तयारी भई रहेको जानकारी दिए । सो बारेमा मन्त्रालय र आयोगका पदाधिकारी संग छलफल भई रहेको उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै माओवादी केन्द्र बाँकेका अध्यक्ष आईपि खरेलले माओवादी पार्टी मात्रै भुमिहीन र सुकुम्वासीको समस्या समाधान गर्ने बताए ।

माओवादी केन्द्रका युवा नेता नेरेन्द्र न्यौपानेले कोहलपुरको स्थानिय सरकारले भुमिहनको समस्या समाधान गर्ने भन्दा बल्झाउन तर्फ लागेको बताए । उनले वास्तविक भुमिहीनको पहिचान गर्ने र अबिलम्ब पुर्जा बितरण गर्ने तर्फ ध्यान दिनु पर्ने बताए । उनले कोहलपुरका भुमिहनलाई स्थानिय सरकारले दोस्रो दर्जाको नगरिक सरह व्यवहार गरेको बताए । उनले भुमिहिनहरुको व्यक्तिगत घटना दर्ता समेत नगरीदिएर राज्यले अमानबिय व्यवहार गरेको बताए । उनले स्थानिय सरकारले व्यक्तिगत घटना दर्ता गरेर भुमिहीनको पुन लागत संकलन गरी बास्तबिक भुमिहनलाई लाल पुर्जा बितरण गनु पर्ने धारणा राखे ।

यसैगरी संघका केन्द्रिय अध्यक्ष अम्मर परियारले देशैभरीका भुमिहनको समस्या समाधान समाधानमा जुटि रहेको बताउदै भुमिहनको समस्या समाधान समाधान नेकपा माओवादी समेतको गठबन्धन सरकारले गर्ने विश्वास व्यक्त गरे ।

भेलाले तिलक राज सिजापतिको नेतृत्वमा ५१ सदस्यीय जिल्ला कार्य समिती चएन गरेको छ । जसको बरिष्ट उपाध्यक्षमा अर्जुन कार्की, उपाध्यक्षमा भिम बहादुर भारती, सकुन्तला परियार, सचिवमा टिकाराम परियार कोषाध्यक्ष झुपलाल रावल रहेका छन ।

  • ७ कार्तिक २०७८, आईतवार २१:२२ प्रकाशित
  • Nabintech