शेर बहादुर देउवा सरकारमा दुई दिने (४० घण्टा) मन्त्री भएका गजेन्द्र हमाल गृहजिल्ला फर्किएका छन । गत महिना उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्ती भएको ४० घण्टाभित्रै हमालले उक्त पदबाट राजिनामा दिएका थिए ।
लामो समय राजनितिमा निष्क्रीय रहेकका हमाल प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’बाट मन्त्री भएको भन्दै चर्को आलोचना भएपछि उनले पदबाट राजिनामा दिएका थिए । देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुन् ।
मन्त्री पदमा आफ्नो नियुक्तिलाई लिएर आमरुपमा प्रश्न उठेपछि नैतिकताको हिसाबले पनि पदमा बस्न उचित नहुने निष्कर्षमा पुगेकाले राजीनामा दिएको हमालले बताउँदै आएका छन ।
उद्योगमन्त्री हमालद्वारा राजीनामा दिने घोषणा
३ कार्तिक २०७८, बुधबार १७:४२ प्रकाशित