मेची माहाकाली बुहारी संयुक्त आवाजले बाँकेको बैजनाथ गाँउपालिकामा भएको घटनाको गम्भीर रुपमा छानबिन गर्न माग गरेको छ । मंगलबार बाँकेका प्रमुअ जिल्ला अधिकारी सुर्य बहादुर खत्रीलाई भेटेर मेची माहाकाली बुहारी संयुक्त आवाज बाँकेका शाखाका पदाधिकारीहरुले बैजनाथमा यौन शोषणका कारण एक बालिकालाई मर्न बाध्य पारीएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका हुन ।
बैजनाथ गाँउपालिका वडा नं. २ बस्ने १७ वर्षिया एलिशा शाह गत महिना झुण्डिएको अवस्थामा मृत भेटिएकी थिईन । उनी अध्ययनरत बिद्यालयका प्रिन्सिपलको यौन शोषणका कारण बालिकाले आत्महत्या गरेको भन्दै परिवारले प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको थियो ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
छात्राबासमा बसेकी १७ वर्षीया छात्रालाई यौन दुर्ब्यबहार गरी आत्महत्या गर्न बाध्य बनाएको भन्दै ईलाका प्रहरी कार्यालय कोहलपुरले बैजनाथ गाउँपालिका चिसापानीस्थित दिप ज्योती सेकेन्डरी स्कुलका प्रिन्सीपल दमन पाण्डेबिरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेको थियो ।
उक्त घटनाको अनुसन्धानका लागि प्रहरीले पाण्डेलाई पक्राउ गरी अवश्यक प्रक्रिया अगाडी बढाईसकेको जनाएको छ ।
छात्राले आत्महत्या गरेपछि दिपज्योतीका प्रिन्सीपल पाण्डेबिरुद्ध दुरुत्साहन मुद्दा दर्ता
३ कार्तिक २०७८, बुधबार १६:०५ प्रकाशित