मुलुकका विभिन्न भागमा भारी वर्षासँगै गएको बाढीपहिरोमा परी १६ जनाको ज्यान गएको छ । पहिरोले घर पुर्दा, घर भत्किँदा र बाढीले बगाएर १६ जनाको मृत्यु भएको जिल्लास्थित संवाददाताले जनाएका हुन् । बझाङमा पहिरोले घर पुरेपछि २३ जना बेपत्ता छन् ।
वर्षाले जनजीवन पनि प्रभावित भएको छ । बाढीपहिरोका कारण विभिन्न बस्ती डुबान र जोखिममा परेका छन् । बाढीपहिरोका कारण विभिन्न स्थानमा यातायात र सञ्चार सेवा अवरुद्ध भएको खबर छ । बाढीपहिरोबाट सयौं परिवार विस्थापित भएका छन् । यो समाचार नागरिक दैनिकमा छ ।
३ कार्तिक २०७८, बुधबार ०७:०६ प्रकाशित