माछा मार्न जादा बाढीमा फसेकाहरुको सकुशल उद्दार
  • काँचुली खबर

बाँके प्रहरीले माछा मार्न गई राप्ती नदीको बिच भागमा फसेका व्यक्तिहरुको सकुशल उद्दार गरेको जनाएको छ ।
प्रहरीले बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५, खजुरास्थित राप्ती नदीमा माछा मार्न जादा नदीको बिच टापुमा फस्न पुगेका सोही गाउँपालिका वडा नम्बर ४ मसाह गाउँका सौखात नाउ, साबिर खाँ, प्रमोद लोहनिया र नजिर खाँ लाई उद्दार गरि उनिहरुको ज्यान जोगाएको हो ।
माछा मार्ने क्रममा उनिहरु बिच टापुमा अड्किएको भनी ४ नम्बर वडाका अध्यक्षले प्रहरीलाई जानकारी गराए पश्चात् जिल्ला प्रहरी, इलाका प्रहरी कार्यालय बनकट्टी (क) र सशस्त्र प्रहरी बल नम्वर ३० गण हेडक्वाटरबाट गएको संयुक्त टोलीले उनिहरुको उद्दार गरेको हो । उनिहरु गएरातीदेखि नदीको बिच भागको टापुमा फसेको प्रहरीले जनाएको छ ।

  • २ कार्तिक २०७८, मंगलवार १२:४१ प्रकाशित
  • Nabintech