बैंकहरुले ब्याजदर बढाए, हेर्नुस कुन बैंकको कति ?
  • काँचुली खबर

आर्थिक वर्षको दोस्रो त्रैमास सुरु भएसँग बैङ्कहरूले धमाधम बचत तथा मुद्दतीको ब्याजदर बढाउन थालेका छन् । सोमबार बैङ्कहरूले सार्वजनिक गरेका सूचनाका आधारमा बैङ्कहरूले मुद्दतीको ब्याजदर बढाएर ११.६७ प्रतिशतसम्म पु¥याएका छन् । बैङ्कहरूमा तरलताको अभाव हुन थालेपछि भएको बचतलाई आफ्नैमा राख्न र अन्य बैङ्कको बचत पनि आफ्नोतर्फ तान्न ब्याजदर बढाएका हुन् ।

हिमालयन बैङ्कले मुद्दतीको ब्याजदर बढाएर सबैभन्दा बढी ११.६७ प्रतिशतसम्म पु¥याएको छ । त्यस्तै, एनआईसी एसिया बैङ्कले ११.१ प्रतिशत, नेपाल बङ्गलादेश बैङ्कले १०.२८ प्रतिशत माछापुच्छ«े बैङ्कले ९.८५ प्रतिशत, कुमारी बैङ्कले १०.३१ प्रतिशत, सिभिल बैङ्कले १०.६१ प्रतिशत, एनसीसी बैङ्कले १०.५५ प्रतिशतसम्मको ब्याजदर तोकेका छन् ।

त्यस्तै, बैङ्कहरूले बचत खाताका लागि पनि चारदेखि ७.५ प्रतिशतसम्मको ब्याजदर घोषणा गरेको सूचना प्रकाशित गरेका छन् । बचतमा ब्याजदर बढेसँगै बैङ्कहरूले प्रवाह गर्ने ऋणको पनि ब्याजदर बढ्ने गर्छ । बैङ्कहरूले प्रवाह गर्ने आवास कर्जा, हायर पर्चेज, सवारी साधनकर्जा, शैक्षिक कर्जालगायतमा पनि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

अघिल्लो त्रैमासमा सात प्रतिशतसम्म झरेका यस्ता कर्जा बैङ्कहरूले बढाएर करिब १३.८९ प्रतिशतसम्म पु¥याएका छन् ।

  • २ कार्तिक २०७८, मंगलवार ०८:०९ प्रकाशित
  • Nabintech