१० मंसिर २०७९, शनिबार
लुगा सिउने यी मानिस कसरी बने ‘राजा’ ?
  • काँचुली खबर

बेलायतका फ्लाइट सर्जेन्ट सिड्नी कोहेनले सपनामा पनि राजा बन्ने कुरा सोचेका थिएनन् । सन् १९४३ को जुन १२ मा उनले माल्टामा भूमध्यसागरीय टापुबाट उडान भर्दा आफूले सामना गर्नुपर्ने घटनाका बारेमा केही अन्दाजै गरेका थिएनन् ।

कोहेन अनाथ थिए र उनले लुगा सिलाउने काम सिकेका थिए । सन् १९४१ सम्म उनले लन्डनमा काम गरेका थिए । बीस वर्षको उमेरमा कोहेन बेलायतको वायुसेना रोयल एयरफोर्समा भर्ती भए ।

त्यस दिन कोहेन र उनका क्रूका दुई सदस्य सार्जेन्ट पिटर ९बाटो देखाउने० र सार्जेन्ट लेस राइट ९वायरलेस अपरेटर० पनि माल्टाबाट उडेका थिए । जर्मनीको एक विमान भूमध्यसागरमा दुर्घटनाग्रस्त भएको खबर उनीहरूले पाएपछि बचाउका लागि गएका थिए ।

त्यहाँ पुगेपछि कोहेन र उनको टोलीले केही फेला पारेनन् र फर्किने निर्णय गरे । अचानक कोहेनले कम्पास अचम्मको हर्कत गर्दैछ भनी देखे । अनि रेडियो बन्द हुन लागेको र विमानको इन्धन पनि सकिन लागेको थाहा पाए ।

उनले बाटो देखाउने पिटरलाई कहाँ छौं भनी सोधे । पिटरले नक्शा हेरेर भने, ‘हामीहरू इटालीको लाम्पेटूसा टापुनजिक छौं र यहाँ चार हजारभन्दा बढी सैनिक तैनाथ छन् ।’

लगभग २०.२ किलोमिटर क्षेत्रफलको यो टापु बेनिटो मुसोलिनीका सैनिकहरूबाट घेरिएको थियो । मुसोलिनीले दोस्रो विश्वयुद्धमा हिटलरको साथ दिएका थिए ।

सन् १९४३ मा अलाइड नेसन्स (मित्र देश) हरूको नजर लाम्पेडूसामा थियो किनकि यसले सिसिलीमा आधिपत्यका लासग चलाइएको अपरेसन हस्कीलाई बाधा गरिरहेको थियो । सिसिलीमा ठूलो आक्रमणअघि लाम्पेडूसामा नियन्त्रण लिनुजरूरी हुन्थ्यो ।

त्यसैले लाम्पेडूसामा लगातार आक्रमण गरिँदैथियो । बम बर्साइँदैथियो ।

उता कोहेन र उनका साथीहरू खराब स्थितिमा थिए । उनीहरूसँग दुई विकल्प मात्र थिए, कि त विमानलाई समुद्रमा क्य्राश गराउने कि लाम्पेडूसामा अवतरण गर्ने । तर त्यहाँ अवतरण गराउँदा हजारौं शत्रु सैनिक भएकाले उनीहरूलाईबन्दी बनाइने स्थिति थियो ।

तैपनि उनीहरूले अवतरणकै विकल्प छाने ।

कोहेनले मिडियालाई दिएको अन्तर्वार्तामा अवतरणपछिको कथा सुनाए, जुन यसप्रकार छ :

हामीले विमान अवतरण गराउनेबित्तिकै भीड हामीलाई भेट्न आयो ।

हामीले आत्मसमर्पणका लागि हात उठायौं तर ती मानिस पो हात उठाएर सेतो कपडा हल्लाउँदै चिच्याइरहेका थिए, ‘हैन, हैन । हामी आत्मसमर्पण गर्छौं ।’

पूरै टापु हामीलाई नै दिइँदैछ कि झैं लाग्थ्यो ।

म अलिक लजाएँ र हिम्मत गरेर उनीहरूलाई आफ्नो कमान्डरलाई भेटाउन भनें ।

उनीहरूका कमान्डरले चट्टानमा लगभग २० मिटर तल बनेको एक ठाउँमा शरण लिएका थिए । एक अनुवादकले मलाई ती कमान्डरको आत्मसमर्पणको खबर छिट्टै अधिकारीहरूलाई दिन चाहेको बताए ।

लाम्पेडूसामा तैनाथ सैनिक लगातार भइरहेको बम आक्रमणका कारण वाक्कदिक्क भइसकेका थिए र मित्रराष्ट्रसमक्ष छिट्टै समर्पण गर्न चाहन्थे ।

उनीहरू चाहेर पनि आत्मसमर्पणको संकेत पठाउन सक्दैनथिए किनकि बमवर्षाका कारण उनीहरूको वायरलेस कनेक्सनले काम गरिरहेको थिएन । आत्मसमर्पणको सन्देश एक कागजमा लेखेर दिन मैले लगाएँ ।

त्यसपछि कमान्डरले पूरा लाम्पेडूसा टापु सार्जेन्ट कोहेनलाई सुम्पिए ।

मैले उनीहरूलाई विमानसम्म पु–याउन भनें तर त्यहाँ सहायताका लागि कोही उपस्थित थिएन किनकि केही मिनेटमै बमवर्षा हुन सक्थ्यो र सबै मानिस लुकेर ज्यान जोगाइरहेका थिए ।

तर टापुमा भएका मानिससँग पर्याप्त इन्धन थियो र उनीहरूले कोहेनलाई त्यो इन्धन दिए । तर लाम्पेडूसामा अवतरण जति नाटकीय थियो, त्यहाँबाट उड्नु त्यति नै मुश्किल रह्यो ।

हामीहरू कसोकसो विमानसम्म पुग्यौं । मैले विमान स्टार्ट गर्न लाग्दा चारवटा युद्धविमानहरूले आक्रमण गरे ।

ज्यान बचाउनका लागि हामीहरू विमानबाट हाम्फाल्नुप–यो र चामत्कारिक रूपमा हामीलाई कुनै चोट लागेन । चारचोटि यस्तो भयो ।

पछि हामी विमान उडाउन सफल भयौं र माल्टामा ओर्लियौं ।

त्यहाँ पुगेर कोहेनले आफ्ना अधिकारीहरूलाई आत्मसमर्पणवाला कागज सुम्पिए ।

त्यतिखेर बेलायतको हालत खराब थियो र उसलाई हरेक दिन नाजी आक्रमणको डरले सताउँथ्यो । यस्तो परिस्थितिमा लाम्पेडूसा हात लाग्नु उसका लागि ठूलो उपलब्धि थियो ।

भोलिपल्ट बेलायती पत्रिकाहरूका पहिलो पृष्ठमा कोहेनको वीरताको कथा छापियो । एक पत्रिकाको हेडलाइनमा त कोहेनलाई लाम्पेडूसाको राजा समेत संज्ञा दियो ।

लाम्पेडूसाका गभर्नरले १३ जुनको बिहान सेना र जलसेनासमक्ष औपचारिक रूपमा आत्मसमर्पण गरे ।

सार्जेन्ट कोहेन विश्वयुद्धको अन्त्यसम्म आरएएफमा काम गरिरहे । सन् १९४६ को २६ अगस्टमा उनी बेलायत फर्किँदै गर्दा उनको विमान हरायो र उनका बारेमा केही पत्ता लागेन ।

  • १९ असार २०७५, मंगलवार १८:५७ प्रकाशित
  • Nabintech