नदी तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह
  • काँचुली खबर

पछिल्लो २४ घण्टामा अर्घाखाँची, प्युठान, वाग्लुङ लगायतका लुम्विनी र गण्डकी प्रदेशका अधिकांश क्षेत्रमा भारी वर्षा भएको हुँदा सो क्षेत्र भएर बहने स-साना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने भन्दै नेपाल बाढी सूचना केन्द्रले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
सूचना केन्द्रले उक्त स्थानहरुमा अझै वर्षा थप हुने पूर्वानुमान भएको हुँदा नदी तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन भनेको छ ।

  • १ कार्तिक २०७८, सोमबार १८:२५ प्रकाशित
  • Nabintech