बागमती प्रदेशमा बढ्यो सार्वजनिक सवारीको भाडा
  • काँचुली खबर

काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सोमबारदेखि सार्वजनिक सवारीसाधानको भाडा बृद्धि भएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालय, बागमती प्रदेशको मिति २०७८ असोज २० गतेको मन्त्रीस्तर निर्णय अनुसार कार्तिक १ गते अर्थात सोमबारदेखि वागमती प्रदेशभित्र सञ्चालन हुने यात्रुवहाक सवारी साधानहरुको भाडादर बृद्धि भएको हो ।
नयाँ भाडा दरअनुसार काठमाडौं उपत्यकाका सार्वजनिक यातायात चढ्न साथ १८ रुपैयाँ भाडा तिर्नुपर्ने छ भने किलोमिटर अनुसार भाडा बृद्धि गरिएको छ । बागमती प्रदेशका अन्य जिल्लाहरुमा भने २३ प्रतिशतले भाडा वृद्धि भएको छ ।
१० किमिसम्म २३ रुपैयाँ, १५ किमिसम्म २७ रुपैयाँ, २० किमिसम्म ३० रुपैयाँ र २० किमिभन्दा माथि ३५ रुपैयाँ भाडा लाग्ने भएको छ ।
यस्तै उपत्यका बाहेक साबिकको भाडादरमा प्रतिशत वृद्धि गरिएको छ । यो भाडादरमा यात्राले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँका दरले सरसामान वा गुन्टा लैजान पाउनेछन् ।

  • १ कार्तिक २०७८, सोमबार १४:५४ प्रकाशित
  • Nabintech