वैद्यको स्वास्थ्य अवस्थाबारे प्रचण्डले अस्पतालमै पुगेर लिए जानकारी
  • काँचुली खबर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्भिक अस्पताल पुगेर नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) को स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
सोमबार दिउँसो प्रचण्ड वैद्यको स्वास्थ्य अवस्था बुझ्न थापाथलीस्थित नर्भिक अस्पताल पुगेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए । महासचिव वैद्यको स्वास्थ्यमा समस्या देखिएपछि आइतबार नर्भिक अस्पताल भर्ना भएका थिए । दम रोगबाट पीडित उनलाई समस्या दोहोरिएको बताइएको छ ।

  • १ कार्तिक २०७८, सोमबार १३:०७ प्रकाशित
  • Nabintech