नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले मुुग दुर्घटनाका घाईतेहरुको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन । मन्त्री नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला बाँके पुगेका मन्त्री अथकले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराईरहेका घाईतेहरु सँग भेट गरेका थिए ।
घाईतेहरुको अवस्था बुझ्न अस्पताल पुगेका मन्त्री अथकले अस्पतालका निर्देशक डा. भोजराज जोशीलाई उपचारको सबै ब्यवस्था मिलाउन निर्देशन दिएका हुन ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका मन्त्री अथकले अस्पतालमा उपचाररत बिरामीहरूलाई हौसला दिएका थिए ।
यसअघि बुधबार नै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा (हिमाल)ले मुगु दुर्घटनाका घाईतेहरुसँग भेट गरेका थिए । प्रदेश मन्त्रीमा नियुक्ति पछि पहिलो पटक गृहजिल्ला बर्दिया जाने क्रममा मन्त्री शर्माले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराईरहेका घाईतेहरुलाई भेटेर उनिहरुको अवस्थाका बारेमा जानकारी लिएका थिए ।
२८ आश्विन २०७८, बिहीबार ०८:४७ प्रकाशित