युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ गृहजिल्ला आउने भएका छन । मन्त्रीको जिम्मेवारी पाएलगत्तै अथक बुधबार गृह जिल्ला आउन लागेका हुन । बुधबार दिनको १ बजे श्री एयरलायन्सको बिमानबाट मन्त्री अथक नेपालगञ्ज आउने कार्यक्रम तय भएको छ ।
आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने योजना सहित मन्त्री अथक गृहजिल्ला आउन लागेका उनका स्वकिय सचिव दिलिप शोनीले जानकारी दिए । मन्त्री अथकलाई माओवादी केन्द्रले कोहलपुरमा स्वागत तथा अभिन्नदन गर्ने कार्यक्रम रहेको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
निर्वाचित भएयता हरेक महिना आफ्नो निर्वाचन क्षेत्रमा पुग्दै आएका मन्त्री अथकले मन्त्री भएपछि पहिलो पटक त्यस क्षेत्रको स्थलगत अनुगमन गर्न लागेका हुन । उनले त्यसक्रममा गृहजिल्लामा मन्त्रालयबाट के-के काम गर्न सकिन्छ भन्ने विषयमा जनताको रायसुझाव लिने कार्यक्रम समेत रहेको सचिवालयले जनाएको छ ।
२६ आश्विन २०७८, मंगलवार २२:४८ प्रकाशित