११ बैशाख २०८१, मंगलवार
जहाँ जनताले पहिलो पटक ‘लालसलाम’ गरे !
  • काँचुली खबर

मेक्सिकोमा सम्पन्न राष्ट्रपतिय चुनावमा वामपन्थी उम्मेदवार आन्द्रेस लोपेज ओब्राडोरले जित हासिल गरेका छन् । सन १९२९ देखि हरेक ६ वर्षमा लगातार भइरहेको राष्ट्रपति चुनावमा वामपन्थी उम्मेदवार विजयी भएको यो पहिलो पटक हो । त्यहाँ अहिलेसम्म देशका दुई प्रमुख दल नेशलन एक्शन पार्टी ९पीएएन० र इंस्टिच्यूशनल रेवोल्यूशनरी पार्टी ९पीआरआई०ले मात्रै शासन गरिरहेका थिए ।

सन् १९२९ देखि २००० सम्म पीआरआईले शासन गरेको मेक्सिकोमा सन् २००० देखि २०१२ सम्म पीएएनले र सन् २०१२ देखि फेरि पीआरआईले शासन गरिरहेका थिए । यो पहिलो पटक हो, जहाँ यी दुवै दलसँग आवद्ध नभएका वामपन्थी उम्मेदवारले चुनाव जितेका छन् । चुनावको नतिजा सार्वजनिक भएसँगै विजयी नेता लोपेजले ‘देशमा महत्वपूर्ण बदलाव हुने’ बताएका छन् ।

एम्लो नामले चर्चित मेक्सिको सहरका लोपप्रिय पूर्वमेयर ६३ वर्षीय लोपेज ओब्राडरले ५३ प्रतिशत मत ल्याएर विजयी भएका हुन् । उनी आगामी डिसेम्बर १ तारिखका दिन राष्ट्रपति पदको शपथ ग्रहण गर्नेछन् ।

लोपेज ओब्राडोरले चुनावमा भ्रष्टाचारलाई मुख्य मुद्दा बनाएका थिए । उनी अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मुखर आलोचकहरु मध्येका एक हुन् । उनको जितपछि अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने ट्विटरबाट लोपेज ओब्राडोरलाई बधाई दिएका छन् ।

उनले ट्विटरमा लेखेका छन् ‘आन्दे्रस मेनुएल लोपेज ओब्राडोरलाई मेक्सिकोको भावि राष्ट्रपति बनेकोमा बधाई । म उनीसँग सहकार्य गर्न इच्छुक छु । हामीले मेक्सिको र संयुक्तराज्य अमेरीका दुवैलाई फाइदा हुने धेरै काम गर्नुपर्ने छ ।’

के बदलाव होला ?
लोपेज ओब्राडोरका विपक्षीहरुले उनले चुनाव जितेमा पहिलेदखि नै ऋणत्मक बन्दै गएको मेक्सिकोको अर्थव्यवस्था झन ओरालो लाग्न सक्ने भन्दै आलोचना गरेका थिए । केही आलोचकहरुले उनी शासनमा आएपछि मेक्सिकोको अवस्था भेनेजुएला जस्तै हुने बताउँदै आएका छन् ।

भ्रष्टाचारको मुद्दालाई मुख्य बनाएर निर्वाचन प्रचारमा हिँडेका लोपेज ओब्राडोरले भने परिणाम सार्वजनिक भएलगत्तै भ्रष्टाचार अन्त्यका लागि आफूले गरेको वाचा पुरा गरी छाड्ने प्रतिबद्धता दोहो¥याएका छन् ।

‘भष्ट्रचारका कारण अहिलेको शासन सत्तामा यती ठुलो गिरावट आइरहेको छ । हामी सबैलाई के थाहा छ भने, भ्रष्टचारकै कारण देशको सामाजिक, आर्थिक अवस्था खस्किएको हो र असमानता बढेको हो । यसैका कारण देशमा यत्तीका हिँसाका घटनाहरु घटेका हुन्’ उनले भने । भ्रष्टाचारका घटनामा सामेल जो कोहीलाई पनि छुट नहुने भन्दै उनले आफ्नै भाइ भए पनि उ सजायको भागिदार हुनुपर्ने स्पष्ट पारेका छन् ।

लोपेज ओब्राडोरको नीति


पछिल्लो केही वर्षयता मेक्सिकोमा हुने अधिकांश हिंसाका घटनाहरु ड्रग्स बेच्ने समूहसँग सम्बन्धित रहेका छन् । लोपेज ओब्राडोरले आफ्नो स्ुरक्षा क्याबिनेटसँग यस विषयमा दैनिक बैठक बस्ने र रणनीतिहरु बनाउने बताएका छन् ।

यस पटकको मेक्सिकोको निर्वाचन प्रचार प्रसारका क्रममा इतिहासकै सबैभन्दा बढी हिंसात्मक घटनाहरु भए, जहाँ १ सय ३० भन्दा बढी राजनीतिक उम्मेदवार र पार्टी कार्यकर्ताको मृत्यु भयो ।

निर्वाचन प्रचार प्रसारका क्रममा अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रप विरुद्ध लगातार कडारुपमा प्रस्तुत भएका लोपेज ओब्राडोरले विजयी भएपछि भने अमेरीकासँग मैत्रीपूर्ण सम्बन्ध स्थापनाको लागि प्रयास गर्ने बताएका छन् ।

यसका साथै उनले जित हात पारेपछि अर्थ र ब्यापारमा उत्पन्न समस्या समाधानका लागि पनि कोसिस गर्ने बताएका छन् । उनले भनेका छन्, ‘व्यापार व्यवसायलाई राष्ट्रीयकरण गरिने छैन र निजी व्यापारलाई सम्मान गरिने छ ।’ यसका साथै उनले कर पनि वृद्धि नगर्ने र वृद्ध नागरिकका लागि भत्ता दोब्बर बनाउने बताएका छन् ।

अन्य उम्मेदवारको प्रतिक्रिया
मेक्सिकोको निर्वाचन आयोगका अनुसार लोपेज ओब्राडोरले आफ्ना निकतटम प्रतिद्वन्दीभन्दा दुई गुणा बढी मत प्राप्त गरेका छन् । सन १९८० भन्दा पछिको यो सबैभन्दा ठुलो मतान्तर हो ।

रुढिवादी दल नेसनल एक्शन पार्टी ९पीएएन०का उम्मेदवार रिकार्डो अनाया दोस्रो स्थानमा आए । उनले भनेका छन् ‘म लोपेजलाई जितको बधाई दिन चाहन्छु, र मेरो के इच्छा छ भने उनले मेक्सिकोका लागि धेरै राम्रो काम गरुन ।’

तेस्रो स्थानमा रहेका सत्तारुढ दल इन्सटिच्युसनल रेभोल्यूसनरी पार्टी ९पीआरआई०का उम्मेद्वार जोर एनटोनियो मीडेले पनि लोपेजलाई बधाई दिएका छन् ।

अहिलेसम्म मेक्सिकोको इतिहासमा सबैभन्दा बढी पीआरआई पार्टीको शासन रहेको थियो । मेक्सिकोको निर्वाचन आयोगका अनुसार चुनावमा ६२।७ प्रतिशत मत खसेको थियो ।

नयाँ राष्ट्रपतिका साथै कांग्रेसको एक सय २८ सीनेटर र ५ सय प्रतिनिधिका लागि पनि चुनाव भएको थियो । लोपेज ओब्राडोरको गठबन्धनलाई तल्लो सदन र सीनेटमा बहुमत प्राप्त हुनसक्ने अनुमान गरिएको छ ।

 

स्रोत : नयाँपत्रिका

  • १९ असार २०७५, मंगलवार १६:२१ प्रकाशित
  • Nabintech