बाँकेमा क्रियाशिल पत्रकाहरुको दुर्घटना बिमा गरीएको छ । पत्रकार महासंघ बाँके शाखाको पहलमा महासंघका सदस्य तथा जिल्लामा क्रियाशिल पत्रकारहरुकालागि २ लाख मुल्य बराबरको दुर्घटना बिमा गरीएको हो ।
शुक्रबार नेपालगन्जमा आयोजित एक कार्यक्रमका बिच पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई सगरमाथा इन्स्योरेन्स नेपालगन्जका प्रमुख गोविन्द उपाध्यायले बिमको कागजात हस्तान्तरण गरेका छन । पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेलको उपस्थ्तिीमा सार्वजनिक गरीएको विमा पोलिसी अन्तर्गत बाँकेका ३५३ जना पत्रकारहरुको दुई लाख रुपैयाँको दुर्घटना बीमा गरिएको हो ।
जिल्लाका पत्रकारहरुको सम्भावित जोखिमलाई मध्यनजर राख्दै उपचारमा सघाउ पुर्याउने उदेश्यले बिमा योजना ल्याईएको महासंघ बाँकेका अध्यक्ष भण्डारीले जानकारी दिएका छन । भण्डारीका अनुसार दुर्घटनामा घाईते भएका पत्रकारहरुले २० हजारसम्मको उपचार खर्च पाउने छन भने दिर्घकालीन रुपमा अपाङ्ग भएका तथा ज्यान गुमाएका पत्रकारको हकमा भने बिमाले २ लाख रुपैयाँ रुपैया उपलब्ध गराउने छ ।
२२ आश्विन २०७८, शुक्रबार २०:२० प्रकाशित