शेर बहादुर देउवा नेतृत्वको मन्त्रीमण्डलले पुर्णता पाएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाको नेतृत्वमा गत असार २९ गते गठित मन्त्रिपरिषद्मा मन्त्रीहरुको नियुक्ति, जिम्मेवारी हेरफेर र कार्यविभाजन गरेसँगै मन्त्रीमण्डलले पूर्णता पाएको हो ।
प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेकी छन् भने केही मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी हेरफेर गरेकी छन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
जसमध्ये बाँकेका दुई नयाँ अनुहारले मन्त्रीमण्डलमा अबसर पाएका छन । बाँके क्षेत्र नं. १ बाट निर्वाचित महेश्वरजंग गहतराज अथक र नेपाली काँग्रेसका नेता गजेन्द्र हमाल बाँकेको प्रतिनिधित्व गर्दै नयाँ मन्त्रीमण्डलमा सहभागी भएका हुन ।
माओवादी केन्द्रको प्रतिनिधित्व गर्दै पहिलो पटक मन्त्री बनेका अथकले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन भने काँग्रेसका पुराना नेता हमाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएका छन ।
त्यसैगरी शुक्रबार नै मन्त्रीमण्डल बिस्तारको तयारी गरीएको लुम्बिनी प्रदेश सरकारमा समेत बाँकेका साँसद सुरेन्द्र हमाल मन्त्री बन्न सफल भएका छन । यद्यपी गठबन्धनमा कुरा नमिल्दा शुक्रबार गर्ने भनिएको प्रदेशको मन्त्रिपरिषद् विस्तार रोकिएको छ ।
केन्द्र सरकारको उद्योग मन्त्री बनेका गजेन्द्र र लुम्बिनी प्रदेश सरकारको मन्त्रीकलागि सिफारीस भएका सुरेन्द्र एकैघरका दाजुभाई हुन । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर-२, घरबारीटोल निवासी उनिहरु एकैदिन मन्त्री बनेका हुन । काँग्रेसबाट बाँके प्रदेशसभा २(ख) बाट निर्वाचित सुरेन्द्र ओलम्पियन पनि हुन् । गजेन्द्र भने पछिल्लो समय सक्रिय राजनितिबाट टाढै छन ।
यसैबिच नयाँ गठित मन्त्रिपरिषद्अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री, बालकृष्ण खाँण गृह, ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचना प्रविधि, पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ, राजेन्द्रप्रसाद श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, विरोध खतिवडा स्वास्थ्य तथा जनसङ्ख्या र जनार्दन शर्मा अर्थमन्त्री छन् ।
त्यसैगरी डा. मीनेन्द्रप्रसाद रिजाल रक्षा, उमाकान्त चौधरी खानेपानी, डा. नारायण खड्का परराष्ट्र, रेणुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात, प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, दिलेन्द्रप्रसाद बडू कानून, न्याय तथा संसदीय मामिला, देवेन्द्र पौडेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएका छन् ।
त्यस्तै महेन्द्रराय यादव कृषि तथा पशुपन्छी विकास, उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, शशी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, रामकुमारी झाँक्री सहरी विकास, गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्ति, रामसहायप्रसाद यादव वन तथा वातावरण, कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षा, महेश्वरजंग गहतराज युवा तथा खेलकूदमन्त्रीमा नियुक्त भएका छन् ।
मन्त्रिपरिषद विस्तार गर्दा यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहेका मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचनाप्रविधि मन्त्री बनेका छन् ।
उमेश श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी राज्यमन्त्री, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री र बोधमायाकुमारी यादव शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त भएका छन् ।
मन्त्रालय भागवण्डामा स्वास्थ्य मन्त्रालय नेकपा एकीकृत समाजवादीमा परेपछि स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले प्रधानमन्त्री कार्यालयको जिम्मेवारी पाएका हुन् ।


२२ आश्विन २०७८, शुक्रबार १८:१२ प्रकाशित