बाँकेको राप्तीसोनारी गाउँपालिका ९ का स्थानीय पञ्चैबाजा संरक्षणमा जुटेका छ्न । स्थानीय कला संस्कृति तथा पञ्चैबाजा संरक्षण गर्ने उद्देश्यले बुचापुरका स्थानीयले कला संस्कृति तथा पञ्चैबाजा संरक्षण समितिलाई दर्ता गरि संस्थागत रूपमै कला र संस्कृतिक संरक्षणमा जुटेका हुन । सो समितिले बिहीबार कार्यालय उद्घाटन समेत गरेको छ ।
राप्तीसोनारी गाउँपालिका वडा नं. ९ की सदस्य सीता विकले एक कार्यक्रमका बिच कार्यालयको उद्द्घाटन गरेकी हुन् । कार्यक्रममा बोल्दै प्रमुख अथिती विकले स्थानीय कला संस्कृति र पञ्चैबाजा संरक्षण गर्ने प्रयास निकै राम्रो भएको बताउदै वडाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाईन ।
त्यस्तै कार्यक्रममा बोल्दै समजसेवा संस्था नेपालका केन्द्रिय अध्यक्ष विनोद थापाले पछिल्लो समयमा लोप हुँदै गएको पञ्चैबाजा संरक्षणका लागि स्थानीय जुट्नु निकै खुसीको कुरा भएको र यसलाई मुर्तरुप दिनुपर्नेमा जोड दिए ।
संस्थाका अध्यक्ष लिल बहादुर खत्रीको सभापतित्वमा कार्यक्रममा झिझरी बागेसाल सिँचाइ आयोजनाका अध्यक्ष डम्बर शाही, ढकेरी उद्दैन खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष लक्षीराम केसी, रिम्ना सामुदायिक वन उपभोक्ता समहुका उपाध्यक्ष भद्रवीर खत्री, जनता माध्यामिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश केसी, प्रधानाध्यापक भद्र बहादुर खत्री, पत्रकार, सर्वसाधारण लगायतको सहभागीता रहेको थियो ।
२१ आश्विन २०७८, बिहीबार १८:३८ प्रकाशित