प्रदेश १ का मुख्यमन्त्रीद्धारा संयुक्त सरकारको प्रस्ताव
  • काँचुली खबर

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले निर्वाचनसम्म संयुक्त सरकार बनाएर अघि बढ्न आग्रह गरेका छन् । बुधबार प्रदेश १ को प्रदेशसभा भवन उद्घाटन गर्दै उनले संयुक्त सरकार बनाउन आग्रह गरेका हुन् ।

‘आउनुहोस्, सबैको सहमतिको सरकार बनाएर जाउँ, लडाइँ झगडा तछाडमछाड शब्दका वाण यी सबैको के जरुरी पर्‍यो,’ उनले भने, ‘दशैंमा मासु खाएर ठण्डा दिमागले सोच्नुहोस्, दशैंपछि राम्ररी सल्लाह गरेर संसदमा निष्कर्ष निकालौं ।’

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उनले सरकारले संविधान नमिच्ने बताए । ‘संविधान अनुसार यो सरकारले विश्वासको मत लिन्छ,’ उनले भने, ‘तपाईंहरु ढुक्क हुनुहोस्, कुनै लडाइँ झगडा, शब्दका तुच्छ वाण जरुरी छैन, २-४ दिन तलमाथि हुन सक्छ तर संविधान मिचिँदैन ।’

२०७४ सालको निर्वाचनको परिणाम मंसिरमा आएपनि सरकार परिवर्तन गर्न फागुनसम्म कुर्नु परेको उल्लेख गर्दै प्रदेश सरकारले विश्वासको मत लिने बताए । लडाइँ झगडा भन्दा बाहिर धेरै काम गर्नुपर्ने बताउँदै उनले राष्ट्र निर्माण गर्ने सबैको साझा लक्ष्य भएकाले सरकार बनाउन आग्रह गरे । ‘तपाईंहरु सबै आउनुहोस्, सरकार बनाएर चुनावसम्म चलाऔं,’ उनले अगाडि भने, ‘त्यसपछि जनताले जे म्याण्डेड दिन्छन् आफ्नो बाटो लागौंला ।’

पार्टी केन्द्रमा विभाजन हुँदा सबै क्षेत्रमा विभाजन नहुने भन्दै उनले विभाजनको पत्र आएपछि संसदले प्रक्रिया शुरु गरेको बताए ।

  • २० आश्विन २०७८, बुधबार १६:३७ प्रकाशित
  • Nabintech