दोहोरो अंकले बढ्यो नेप्से परिसूचक
  • काँचुली खबर

यस साताको अन्तिम कारोबार दिन बुधबार शेयर बजारमा सुधार देखिएको छ । साताको दुइ दिन लगातार घटेको नेप्से परिसूचक तेस्रो दिन दोहोरो अंकले बढेको थियो ।

चौथो दिन बुधबार पनि शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । भोलि बिहीबार भने सार्वजनिक बिदा भएकाले कारोबार हुँदैन ।

साताका शुरुवाती दुई दिन लगातार घटेको बजार साताका अन्तिम दुई दिन लगातार बढ्दा लगानीकर्ताहरुमा हौसला बढेको छ । मंगलबारको तुलनामा शेयर कारोबार रकम समेत बुधबार सुधार भएको छ ।

नेप्से परिसूचक बढ्दा एक दर्जन हाराहारी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल स्टक एक्सचेञ्जले एकैदिन ठूलो घटबढ नहोस् भनेर कुनै पनि कम्पनीको शेयर मूल्य एक दिनमा १० प्रतिशत भन्दा धेरै घट्ने वा बढ्ने हुन नदिने नियम बनाएको छ ।

सोहि नियम अनुसार बुधबार किसान लघुवित्त वित्तीय संस्था, प्रोगेसिभ फाइनान्स, नयाँ सारथी लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, सबैको लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स लगायतका कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

  • २० आश्विन २०७८, बुधबार १५:१६ प्रकाशित
  • Nabintech