कोहलपुरको लक्ष्मी माबीमा अध्यनरत आइएसि एजि समुहको विद्यार्थीले बिद्यालय र उच्च माध्यमिक शिक्षा परिषदको चरम लापरबाही कारण ट्रान्सक्रीप्ट प्राप्त गर्नबाट बन्चित भएको घटना प्रती अनेरास्ववियू बाँकेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संगठनले आइतबार लक्ष्मी माबीका प्रधानाध्यापकलाई ज्ञापन पत्र बुझाउदै विद्यार्थीको समस्याको समाधान नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । आईतबार नै बिद्यार्थी संगठनका नेताहरुले राष्ट्रिय परिक्षा बोर्डको कार्यालयमा पुगि सुचना अधिकारी भगवान यादबलाई समेत ज्ञापन पत्र बुझाएका छन ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
अनेरास्ववियूका लुम्बिनी प्रदेश अध्यक्ष टेकेन्द्र मल्ल, अनेरास्ववियू बाँकेका कार्यवाहक अध्यक्ष इन्द्र बस्नेत, अनेरास्ववियू कोहलपुर नगर अध्यक्ष युवराज बुढा, जिल्ला कमिटी सदस्य पवन कार्की लगायतका विद्यार्थी नेताहरुको उपस्थितिमा ज्ञापनपत्र बुझाउदै प्रदेश अध्यक्ष मल्लले यो समस्यालाई समाधान नगरे अनेरास्ववियूले आन्दोलनको आधिबेरी सृजना गर्ने बताएका छन् ।
‘कक्षा ११/१२ गरेर जम्मा १००/१०० पुर्णाङ्कको नेपाली र अंग्रेज़ी बिषयको पढाई हुनुपर्नेमा नेपाली बिषयको पढाई नै नहुदा ट्रान्सक्रीप्ट प्राप्त गर्नबाट बञ्चित भएको पाइएकोले शिक्षा जस्तो पवित्र र विद्यार्थीको भबिष्य निर्माण गर्ने ठाउँमा विद्यार्थीको भबिष्यलाई अन्धकारको दिशातिर लिएको कुरामा हाम्रो ध्यानाकर्षण भएको छ ।’ अनेरास्ववियू बाँकेका कार्यबाहक अध्यक्ष इद्र बस्नेतले हस्ताक्षर गरेको ज्ञापनपत्रमा अगाडी लेखिएको छ, ‘यस कुकार्यमा संलग्न ब्यक्तिलाई कडा भन्दा कडा कारबाही र विद्यार्थीको भबिष्य सुनिश्चितता गर्नका लागि अनेरास्ववियू जोडदार माग गर्दछ ।’
१९ आश्विन २०७८, मंगलवार ०९:१० प्रकाशित