शिक्षा प्राप्तीकालागि संघर्ष, जोखिममा बालवालिका
  • काँचुली खबर

बर्दियाको एक विद्यालयका बालबालिकाहरुले शिक्षा प्राप्तीकालागि दैनिक ठुलो जोखिम उठाउँदै आएका छन । अमर शहिद दशरथ चन्द माबि खैरेनी बर्दियाका करिब २ सय विद्यार्थीहरुलाई जोखिमपुर्ण तरिकाले खोला पार गरी पढ्न जानुपर्ने बाध्यता रहेको छ ।

बाँसगढी नगरपालिकाको थुमनी देखि बारबर्दिया नगरपालिकाको खैरेनि (सतखलुवा) जानकालागि बिचमा पर्ने खोला तर्नुपर्ने हुन्छ । खोलामा पुल नहुँदा खोलापारीका विद्यालयमा अध्ययन गर्न जाने बालबालिकाहरुकालागि जोखिम मोलेरै खोला पार गर्नुपर्ने बाध्यता रहेको छ ।

दशरथ चन्द माबिका प्रधानाध्यापक भिमलाल रिजालका अनुसार बारबर्दिया नगरपालिकाको ढकेला गाउँ र बाँसगढी नगरपालिका ९ को थुमनी गाउँका बालबालिकाहरु ६ कक्षा भन्दा माथिल्लो तह अध्ययनकालागि खैरेनी जाने गर्दछन ।

ढकेला र थुमनी गाउँमा कक्षा ५ सम्म पढाई हुने एक एक वटा विद्यालय छन । तर ५ कक्षा भन्दा माथील्लो तहको अध्ययनकालागि खैरेनी नै पुग्नुपर्ने बाध्यता रहेको छ । प्रधानाध्यापक रिजालका अनुसार १० कक्षासम्म पढाई हुने दशरथ चन्द माबिमा करिब ५ सय विद्यार्थी अध्ययरत छन । विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई दैनिकजसो खोला र सर्पको डसाईबारे ब्यवहारीक ज्ञान प्रदान गर्दै आएपनि जोखिमको डर कायमै रहेको रिजालले बताए ।

केही दिनअघि सोही क्षेत्रमा पुगेका एक युवाले विद्यार्थीहरुले खोला तर्दै गरेको फोटो खिचेर सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेका थिए । बाँसगढी नगरपालिका २ का राज थारुले संम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण गराउन सामाजिक सञ्जालमा सार्वजनिक गरेको उक्त तस्बिरसँगै त्यहाँका बालबालिकाहरुले शिक्षा प्राप्तीकालागि गरेको संघर्ष र स्थानिय सरकारको लाचारीपनलाई दर्शाएको भन्दै सामाजिक सञ्जालमा तिब्र आलोचना सुरु भएको छ ।

  • १७ आश्विन २०७८, आईतवार १८:४५ प्रकाशित
  • Nabintech