‘डग फुड्स’ मा कालोबजारी गर्ने भाटभटेनीलाई दुई लाख जरिमाना
  • काँचुली खबर

संयुक्त बजार अनुगमन टोलीले शुत्रबार नेपालगंजमा संचालन रहेको भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्ट स्टोरलाई बढी मुनाफा लिई बिक्री वितरण गरेको अभियोगमा दुई लाख रुपैयाँ जरिमाना गरेको छ ।

संयुक्त अनुगमन टोलीमा रहेका वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगंजका प्रमुख कृष्णप्रसाद पौड्यालले भाटभटेनी सुपरमार्केटले कुकुरलाई खुवाउने खानेकुरा ‘डग फुड्स’मा अत्यधिक मुनाफा लिनेगरी बिक्री वितरण गरेको पाइएकाले मूल्य समायोजन गरी बिक्री वितरण गर्ने चेतावनीसहित दुई लाख जरिमाना गरिएको बताए ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उनले भने, ‘अनुगमनको क्रममा खरिद बिल र बिक्री बिलमा धेरै नै असमानता भेटिएकाले जरिमाना गरेका हौ । तोकिएको मूल्यभन्दा पनि अधिक मूल्यमा बिक्री वितरण गरेको भेटिएकाले पहिलो चरणमा दुई लाख रुपैयाँ जरिमाना गरेका छौँ । जरिमाना नतिरी ती वस्तुहरूमा पुनः मूल्य समायोजन नगरेर बिक्री गरे थप कारवाही गरिनेछ ।’

मंगलबार मात्र भाटभटेनी सुपरमार्केटमा मात्र बिक्री वितरणका लागि तयार गरिने बेकरी उद्योगमा संयुक्त अनुगमन समितिले अनुगमन गर्दा बेकरी उत्पादनका लागि प्रयोग हुने सबै कच्चा पदार्थ म्याद गुज्रिएको अवस्थामा पाइएकाले उद्योग सिज गरी भेटिएको सबै म्याद गुज्रिएका कच्चा पदार्थ नियन्त्रणमा लिई दुई लाख रुपैयाँ जरिमाना गरेको थियो ।

सोही टोलीले बिहीबार खजुरा बजारमा गरेको अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाकलाप गर्ने दुईवटा व्यापारिक फर्मलाई ७० हजार रुपैयाँ जरिमाना गरेको छ । लेवल नलगाइएका करिब ४०० बोरा चामल बिक्री वितरणमा रोक लगाइएको र खान अयोग्य एवं उपभोग्य म्याद समाप्त भएका करिब छ हजार रुपैयाा मूल्य बराबरको खाद्य सामग्रीसमेत नष्ट गरिएको छ ।

उनले अनुगमनका क्रममा पसलहरूमा मूल्य सूची नियमित रूपमा अद्यावधिक गर्न, उपभोक्ता झुक्याउने काम नगर्न र लेवल नभएका सामग्री खरिद-बिक्री नगर्न एवं बिल बिजक राख्न निर्देशन दिइएको बताए

  • १५ आश्विन २०७८, शुक्रबार १९:०७ प्रकाशित
  • Nabintech