१६ चैत्र २०८०, शुक्रबार
मेक्सिकोलाई हराउँदै ब्राजिल क्वार्टरफाइनलमा
  • काँचुली खबर

काठमाडौं\ रुस विश्वकपमा छैटौंपटक विश्वकप ट्रफी उचाल्ने सपना ब्राजिलले कायम राखेको छ । सोमबार मेक्सिकोलाई २-१ ले हराउँदै ब्राजिल क्वार्टरफाइनलमा पुगेको हो । ब्राजिलले नेयमारको ५१ औं मिनेटको गोलसँगै मेक्सिकोलाई खेलमा लिड गरेको थियो । नेयमारको यो ५७ औं अन्तराष्ट्रिय गोल र यो विश्वकपको दोस्रो गोल हो । ब्राजिलका लागि दोस्रो गोलमा पनि नेयमारले सहयोग गरेका थिए ।

खेलमा १२ औं प्रयासमा ब्राजिलले पहिलो गोल गर्न सफल भयो । योसँगै विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने देशमा ब्राजिलको नाम दर्ज भएको छ ।  विश्वकपमा उसले अहिलेसम्म २२८ गोल गरेको छ । यसअघि यो रेकर्ड जर्मनीको थियो । जर्मनीले विश्वकपमा २२६ गोल गरेको छ । नेयमारको यो विश्वकपमा दोस्रो गोल हो भने विश्वकपमा छैटौं गोल हो । छ गोल गर्न नेयमारले ३८ पटक गोलपोस्टमा प्रहार गरेका छन् । अर्जेन्टिनाका मेसीले ६ गोल गर्न ६७ र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ६ गोल गर्न ७४ सट प्रहार गरेका छन् ।

  • १८ असार २०७५, सोमबार २१:४३ प्रकाशित
  • Nabintech