असोज १८ गतेका लागि सर्‍यो राष्ट्रियसभाको बैठक
  • काँचुली खबर

आइतबारका लागि बोलाएको राष्ट्रियसभाको बैठक एकदिन पर सारिएको छ ।

संसद सचिवालयले १७ गते आइतबारको राष्ट्रियसभाको बैठक १८ गतेका लागि सारेको जनाएको छ ।

संघीय संसदका महासचिव डा।भरतमणि गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘….अध्‍यक्षज्‍यूले २०७८ साल असोज १८ गते सोमबार बिहान ११:०० बजे बस्‍ने गरी निर्धारण गर्नुभएको व्‍यहोरा माननीय सदस्‍यहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’

संसदमा नेकपा एमालेले संघीय सभामुख अग्निप्रसाद सापकोटाको भूमिका पुर्वाग्रही भएको भन्‍दै बैठक अवरुद्ध गर्दै आएको छ ।

  • १४ आश्विन २०७८, बिहीबार १३:२८ प्रकाशित
  • Nabintech