नेपालगन्जको जमुनाह प्रहरी चौकीबाट ठूलो संख्यामा प्रहरीलाई जिल्ला तानिएको छ । नाकामा खटिएर सन्तोषजनक काम नगरेको भन्दै प्रहरी हवल्दारसहित १७ जनालाई जिल्ला तानिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
बुधबार बिहानमात्रै एसपी अधिकारी र डिएसपी मधुसुदन न्यौपाने सादा पोषाकमा नाकामा छड्के अनुगमन गरेका थिए । नाकामा नागरिकलाई अनावश्यक दुख दिने प्रहरीको काम होइन एसपी अधिकारीले भने, ‘केही प्रहरीले त्यो क्रियाकलाप गरेको पाइयो उनीहरुलाई जिल्ला तानिएको हो ।’
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनका अनुसार इन्चार्ज समेतलाई तान्ने तयारी थियो । तर सबै तान्दा सन्देश राम्रो नजाने भएपछि प्रारम्भिक चरणमा १७ जनालाई जिल्ला तानिएको हो ।
उनीहरुको ठाउँमा अर्को टोली खटाइएको छ । नाकामा बसेर बदमासी काम गर्नेलाई कारवाही गरिने एसपी अधिकारीको भनाइ छ ।
हिन्दु धर्मावलम्बीहरुको महत्त्वपूर्ण चाड दसैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर घर फर्कने नेपालीहरुको नाकामा महिलाहरुको समेत भिडभाड हुने गर्छ, उनको सजगताका लागि थप १ जना महिला असइ समेत खटाएको एसपी अधिकारीले बताए ।
प्रहरीका अनुसार नाकामा इन्चार्ज लगायत २७ जनाको टोलि रहेको छ, त्यस मध्य महिला प्रहरी ५ जना छन ।
खोजखबरबाट
१३ आश्विन २०७८, बुधबार १८:५३ प्रकाशित