गर्भनिरोधक दिवसमा सेवाग्राहीलाई नि:शुल्क परामर्श
  • काँचुली खबर

विश्व गर्भनिरोधक दिवसका अवसरमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा नि:शुल्क परामर्श सेवा उपलब्ध गराईएको छ । कलेजमा अध्ययनरत चिकित्सकहरुले अस्पतालमा पुगेका सेवाग्राहीहरुलाई गर्भनिरोध साधनहरुको बारेमा निशुल्क परामर्श उपलब्ध गराएका हुन ।

विश्व गर्भनिरोधक दिवस मनाउने क्रममा कलेजका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले प्रभातफेरीको आयोजना समेत गरेका थिए । कोहलपुरको न्यूरोडबाट सुरु भएको र्याली एनटिभी रोड हुँदै अस्पताल परिसरमा पुगेर कार्यक्रममा परिणत भएको थियो । ‘सुरक्षित गर्भपतनको अधिकार, मौलिक हक सुनिश्चितताको आधार’ भन्ने नाराका साथ दिवस मनाइएको  लक्ष्मण देवकोटाले जानकारी दिए ।

अहिलेपनि गर्भनिरोधका बारेमा अहिलेपनि धेरैलाई थाहा नभएको भन्दै गर्भनिरोधक साधनको उपयोगिता र महत्वबारे आमनागरिकलाई जानकारी गराउन आवश्यक रहेको देवकोटाले बताए ।

अस्पतालका बरिष्ठ स्त्रीरोग विशेषज्ञ प्रा.डा. मीता सिंहले गर्भनिरोधका साधनबारेको नकरात्मक बुझाईलाई चिर्न आवश्यक रहेको बताईन । उनले गर्भनिरोधकका साधनको उपयोग गरेर असुरक्षितरुपमा हुने गर्भपतनलाई रोक्नु अहिलेको चुनौति बनेको उल्लेख गरीन ।

कार्यक्रममा डा. अनुप शर्मा, डा. दिनेश श्रेष्ठ, डा. दुर्गा विसी, डा. राजश्री झा, डा. प्रज्ञा गौतम, डा. विमलेन्द्र यादवलगायतको सहभागीता रहेको थियो ।

  • १० आश्विन २०७८, आईतवार २२:५७ प्रकाशित
  • Nabintech