बाँकेमा कोरोना कोरोना भाइरस संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिकाका २२ वर्षिय युवा र बर्दियाको बारबर्दिया नगरपालिकाका ७२ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।
भेरी अस्पतालमा उपचार गराईरहेका कोहलपुर नगरपालिका-५ का २२ वर्षीय पुरुषको गएराती मृत्यु भएको हो । उनलाई असोज ४ गते कोभिड पुष्टि भएको थियो । त्यसको भोलिपल्ट उनी भेरी अस्पतालमा भर्ना भएका थिए ।
उपचारका क्रममा स्वास्थ्यमा सुधार नआउँदा उनको गएराती साढे एक बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकपर्सन तेज वलीले जानकारी दिए ।
यसैबिच बारबर्दिया नगरपालिका-४ का ७२ वर्षीय पुरुषको पनि गएराती मृत्यु भएको छ । भदौ ३० गते कोभिड पुष्टि भएका उनी त्यसैदिन भेरीमा भर्ना भएका थिए ।
योसँगै कोरोना संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या ३३४ पुगेको छ भने उपचारका लागि बाँकेमा आएर मृत्यु हुनेको संख्या ४१८ पुगेको छ।
१० आश्विन २०७८, आईतवार ०८:५२ प्रकाशित