नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको अध्यक्षमा रेग्मी चयन
  • काँचुली खबर

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बाँकेको अध्यक्षमा तेज प्रसाद रेग्मी चयन भएका छन । शनिबार नेपालगन्जमा सम्पन्न भएको संगठनको तेश्रो जिल्ला अधिवेशनले रेग्मीको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा भुप बहादुर भण्डारी, महासचिवमा दशरथ चन्द र उपमहासचिवमा गोपाल अधिकारी सर्वसम्मत चयन भएका छन ।

बाँकेको ८ वटै पालिकामा संजाल बिस्तार गरीसकेको संगठनले सर्वसम्मत रुपमा कमिटि चयन गरेको संगठनका निवर्तमान अध्यक्ष बसन्त लामिछानेले जानकारी दिए ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको अधिवेशन सुरु

  • ९ आश्विन २०७८, शनिबार २३:२३ प्रकाशित
  • Nabintech