योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) नेपाल राप्ती सोनारी गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ । शुक्रबार बाँकेको पर्यटकीय स्थल अगैयामा सम्पन्न सम्मेलनबाट गाँउपालिकास्तरीय समितिको अध्यक्षमा सुनिल गिरी चयन भएका छन् । त्यसैगरी सम्मेलनबाट गाँउपालिका ईन्चार्जमा शेर बहादुर खड्का (सुजल) मनोनित भएका छन ।
नेकपा माओवादी केन्द्रको युवा संगठनका रुपमा रहेको वाईसीएलको प्रथम सम्मेलनले गिरीको नेतृत्वमा ३५ सदस्यीय कमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा केशर रोकाया, सचिवमा धनिराम थारु, सहसचिवमा खुम राज वलि, संगिता थारु, श्रावण थारु, मनसरा चन्द र कोषाध्यक्षमा देबेन्द्र बुढा रहेका छन ।
सम्मेलनमा बोल्दै वाईसिएल नेपालका केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि रतन खत्रीले वर्तमान समयमा पार्टीले लिएको निति नै वाईसिएलको प्रमुख निति हुनुपर्ने बताए । उनले परिवर्तित अवस्थामा पार्टिले लिएको नितिलाई कार्यान्वयन गराउन वाईसीएलको भूमिका महत्वपूर्ण रहने बताए ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा बाँके क्षेत्र नं. १ का साँसद महेश्वर गहतराज अथकले पार्टीको आधारस्तम्भ भनेकै युवा शक्ति रहेको बताए । उनले पार्टीको दोस्रो ठुलो शक्तिका रुपमा रहेको वाईसिएललाई नयाँ ढंगबाट पार्टीको सहयोगीका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए । साथै उनले जिल्लाब्यापी रुपमा वाईसिएलको संगठन विस्तारमा लाग्न समेत नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन ।
त्यसैगरी नेकपा बाँकेका अध्यक्ष तथा प्रदेश साँसद आईपी खरेलले पार्टिको लिएको निति अनुरुप क्रियाशिल रहन युवाहरुलाई निर्देशन दिए । लुम्बिनी प्रदेश साँसद कृष्णा केसी ‘नमुना’ले वाईसीएललाई सामाजिक गतिविधिमा समेत सक्रिय गराउनुपर्ने बताईन । उनले राजनितिक मोर्चाका साथसाथै आम नागरीकसँग जोडिएका विषयमा समेत ध्यान दिन आग्रह गरीन ।
कार्यक्रममा संविधान सभा सदस्य पट्टु थारु, वाइसिएल नेपाल केन्द्रिय सदस्य मिना चदारा (मनिषा), नेकपा (माओवादी केन्द्र) राप्ती सोनारी गाउँपालिका अध्यक्ष चाम बहादुर घर्ती (निर्मल), वाइसीएल लुम्बिनी प्रदेश सदस्य तथा बाँके जिल्ला संयोजक आकाश कार्की लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।
८ आश्विन २०७८, शुक्रबार २३:५२ प्रकाशित