स्थानियस्तरका महिलालाई संगठित गर्दै अनेम संघ (क्रान्तिकारी)
  • काँचुली खबर

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले कोहलपुर नगरपालिकाका १५ वटै वडामा कमिटि विस्तार अभियान संचालन गरेको छ । नगरभित्रका महिलाहरुलाई संगठित गर्दै १५ वटै वडामा कमिटि गठन गर्ने अभियान सुरु गरीएको अनेम संघ (क्रान्तिकारी) बाँके जिल्ला संयोजक रेणुका खड्काले जानकारी दिईन ।

जसअन्तर्गत शुक्रबार कोहलपुर नगरपालिका वडा नं. १ मा कमिटि गठन गरीएको छ । स्थानिय सितला परियारको अध्यक्षतामा ४१ सदस्यीय कमिटि गठन गरीएको हो । उक्त समितिको सल्लाहकारमा ९ जनालाई चयन गरीएको छ ।

नव गठित समितिको उपाध्यक्षमा मालति विक, सचिवमा बसन्ति तिरुवा विक, कोषाध्यक्षमा बिजसरा विक र सह-सचिव उन्ती पाण्डे चयन भएका छन ।

  • ८ आश्विन २०७८, शुक्रबार २२:५७ प्रकाशित
  • Nabintech