सोमबार र ११४ अंकले पहिरो गएको शेयर बजारमा मंगलबार भने सुधार देखिएको छ । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले सुधार भएको हो ।
नेप्से परिसूचक १३ दशमलव ८३ अंकले बढेर २ हजार ७ सय १२ दशमलव ०७ अंकमा पुगेको छ । दिउसो एक पटक ६४ अंकले बढेको थियो । तर बजार सम्हालिन नसक्दा अन्तिममा १३ अंकले बढेर बन्द भएको हो ।
नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने उल्लास देखिएन । सोमबार साढे ८ अर्ब रुपैयाँको शेयर किनबेच भएकोमा मंगलबार भने ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६ सय ५२ रुपैयाँको कारोबार भएको छ ।
५ आश्विन २०७८, मंगलवार १५:३१ प्रकाशित