पिपरीमा कृषि विकास बैंकको शाखा बिस्तार
  • काँचुली खबर

कृषि विकास बैंकले बाँकेमा थप शाखा बिस्तार गरेको छ । कोहलपुर नगरपालिका वडा नं. ८ पिपरीमा कृषि विकास बैंकले आफ्नो बैकिङ्ग सेवा सुरु गरेको हो ।

पिपरीमा कृषि विकास बैंकको तालिम केन्द्र रहेकोमा बैकिङ्ग सेवा समेत सुरु भएको छ । कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले एक कार्यक्रमका बिच शुक्रबार बैकिङ्ग सेवाको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा बोल्दै उनले बैंकले किसानलाई विद्युतिय कारोबारोमा जोड्ने लक्ष्य लिएको बताउँदै किसानलाई आर्थिक क्रियाकलापमा सहभागी गराउनका लागि नोटरहित कारोबारमा जोड्ने नीति बैंकले लिएको बताए । साथै उनले किसानलाई नै अनलाईन बैंकमा जोडेर लगानीमैत्री वातावरण निर्माण गरिरहेको बताए ।

यसका साथै उनले ग्रामिण क्षेत्रमा बैंकले आफ्ना शाखाहरु विस्तार गरिरहेको बेला कोहलपुरको पिपरीमा बैंकिङ्ग सेवा सुरु गरेको बताए ।

कार्यक्रममा बोल्दै कार्यक्रममा बोल्दै कृषि विकास बैंकका उपमहाप्रबन्धक प्रताव सुवेदीले तालिक केन्द्रका रुपमा रहेकोमा अब बैंकिङ्ग सेवा दिएर यस क्षेत्रका आम नागरिकहरुको मागलाई ध्यान दिएर सेवा सुरु गरिएको बताए । साथै कृषि विकास बैंक लि। पिपरी शाखाका प्रबन्धक नेत्र बुढा थापाले तालिम केन्द्रसँगै बैंकिङ्ग सेवा सुरु गर्ने लक्ष्यका साथ कार्यालय स्थापना गरिएको बताए ।

उनले देश, विदेशबाट पैसा पठाउने, पाउने, विभिन्न कर्जाहरु लगानी गर्ने, जनताको निरक्षेप संकलन गर्ने, व्यवसायिक कृषि कर्जा लगानी गर्ने र अत्याधुनिक बैंकिङ्ग सेवाहरु सुरु हुने बताए ।

कृषि विकास कार्यालय नेपालगञ्जका निर्देशक गिरीराज रेग्मीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बैंकका कर्मचारी, स्थानिय आम नागरिकहरुको सहभागिता रहेको थियो ।

  • १ आश्विन २०७८, शुक्रबार १७:४६ प्रकाशित
  • Nabintech