वीरेन्द्रनगर नगरपालिकाले आगामी चार वर्षभित्र प्रत्येक घरका कम्तीमा एक जना महिलालाई स्वरोजगार बनाउने महत्वाकांक्षी कार्यक्रम सार्वजनिक गरेको छ। ‘समृद्ध वीरेन्द्रनगरको आधारः एक घर एक महिला रोजगार’ कार्यक्रम अन्र्तगत महिलालाई स्वरोजगार बनाउनका लागि व्यवसायका आधारमा ५० प्रतिशत विना व्याजको ऋण र ५० प्रतिशत अनुदान दिइने छ। महिलालाई स्वरोजगार बनाउनका लागि नगरपालिकाले पहिलो वर्षका लागि एक करोड ८० लाख रुपियाँ छुट्याएको छ।
‘पहिलो वर्ष सिमान्तकृत महिलाहरुलाई यो कार्यक्रममा समेट्दैछौं’ उपमेयर मोहनमाया ढकालले भनिन्, ‘चार वर्षभित्र नगरभित्रका प्रत्येक घरका कम्तिमा पनि एक जना महिलालाई स्वरोजगार बनाउँछौं।’ उपमेयर ढकालका अनुसार बेरोजगार महिलाहरुको लगत संकलनको काम भइरहेको छ। ‘बेरोजगार महिलालाई उनीहरुको योग्यता र क्षमताको आधारमा रुचि अनुसारको सीप विकास तालिम दिएर स्वरोजगार बनाउने लक्ष्य नगरपालिकाको छ’ उनले भनिन्, ‘अहिले प्रत्येक घरका बेरोजगार महिलाहरुको लगत संकलनको काम गरिरहेका छौं।’
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरले नगरपालिकामार्फत एक करोड र वडामार्फत ८० लाख रुपियाँ महिला रोजगार कार्यक्रमका लागि छुट्याएको छ । यो कार्यक्रम अन्र्तगत सीप विकास तालिमपछिको व्यवसाय गर्नका लागि ४० हजार विना व्याजको ऋण र २० हजार रुपियाँ नगरपालिकाले अनुदान दिने छ। ‘यसका साथै महिला स्वरोगार सम्वन्धी नगरपालिकाभित्र काम गर्ने संघ–संस्थालाई एकद्धार प्रर्णालीमा ल्याएर उनीहरुको लगानी पनि यसमा थप्छौं’ उनले भनिन्, ‘पहिलो वर्ष कम्तिमा पनि पाँच हजार महिलालाई स्वरोजगार बनाएर देखाउँछौं।’ वीरेन्द्रनगर नगरपालिकाभित्र २३ हजार सात सय १० घरधूरी छन्।
नगरपालिकाले अघिल्लो वर्ष सुरु गरिएका महिला लक्षित कार्यक्रम प्रभावकारी भएकाले महिलामैत्री बजेट ल्याइएको बताएको छ । चालू आर्थिक वर्षमा सुरु गरिएको छोरी जन्म बचत खाता, सुरक्षित आमा कार्यक्रम, गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्सरे, हिंसापीडित महिलाहरुका लागि निःशुल्क उपचारलगायतका कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइएको छ । नगरपालिकाले महिलाका नाममा सम्पत्ती प्राप्त हुने सिफारिस र प्रमाणित शुल्क दस्तुरमा ३५ प्रतिशत छुट दिने निर्णय गरेको छ । यस्तै महिला, दलित तथा अपाङ्गता भएका व्यक्ति तथा समूहद्धार सञ्चालित व्यवसायमा २० प्रतिशत कर छुटको व्यवस्था गर्ने नगरपालिकाले निर्णय गरेको छ। यस्तै नगरपालिकाले गर्भवती महिलालाई सुत्केरी हुनका लागि नजिकको बर्थिङ सेन्टर र क्षेत्रीय अस्पताल कालागाउँसम्म पुर्याउनका लागि एम्बुलेन्समा लाग्ने खर्च व्यहोर्ने निर्णय गरेको छ । यसका लागि नगरपालिकाले २० लाख रुपियाँ छुट्याएको छ।
नगरपालिकाको शुक्रबार पारित भएको बजेटमा कटकुवा स्थास्थ्य चौकीलाई महिला तथा बालबालिका विशेषज्ञ अस्पतालको रुपमा विकास गर्ने उल्लेख छ । यस्तै महिला स्वयम्सेवकाको पोशाक भत्तालाई एक हजारबाट बढाएर दुई हजार पु¥याइएको छ । गर्भवती महिलालाई निःशुल्क भिडियो एक्सरे सेवालाई निरन्तरता दिइएको छ।
१७ असार २०७५, आईतवार १६:२२ प्रकाशित