ब्लड क्यान्सर र मृगौला पिडित खत्रीको उपचार सहयोगकालागि आह्वान
  • काँचुली खबर

मृगौलाले काम गर्न छाडेपछि गम्भीर बिरामी परेकी नेपालगन्जकी दुर्गा खत्रीले उपचार सहयोगकालागि याचना गरेकी छन । ब्लड क्यान्सरबाट ग्रसीत वाईसिएल बाँकेकी नेतृ खत्रीको दुबै मृगौलामा समस्या देखिएपछि आफ्नो जिवन रक्षाकालागि आर्थिक सहयोगको याचना गरेकी हुन ।

उपचारका क्रममा भारत तथा नेपालका बिभिन्न अस्पतालमा पुगिसकेकी खत्रीको आर्थिक अभावले थप उपचारमा समस्या देखिएपछि उनको परिवारले आर्थिक सहयोगको अपिल गरेको छ । हाल उनको काठमाण्डौंस्थित सिभिल अस्पतालमा उपचार भईरहेको छ ।

पछिल्लो समय स्वास्थ्य अवस्थामा केही सुधार देखिएपछि बाँच्ने आशा पलाएको बताउँदै खत्रीले थप उपचारकालागि आवश्यक रकम सहयोग गरी आफ्नो जिवन बचाईदिन आग्रह गरेकी हुन । खत्रीको जिवन रक्षाकालागि नेपालगन्जका महिलाहरुले समेत सहयोग अभियान संचालन गर्दै आएका छन ।

खत्रीलाई सहयोग गर्न इच्छुक व्यक्ति वा संघसंस्थाले खत्रीको मोबाइल नम्बर ९८५८०५८०४४ मा सम्पर्क गर्न वा खत्रीकै नाममा एसबिआई बैंक नेपालगन्ज शाखामा रहेको खाता नम्बर १९५१५२४०७०११२८ मा रकम जम्मा गर्नसक्ने छन् ।

  • ३१ भाद्र २०७८, बिहीबार २१:३२ प्रकाशित
  • Nabintech