लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित चारजनाविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी जाहेरी दिन प्रदेश सभा सदस्य विमलाकुमारी खत्री ९वली० दाङ आएकी छिन् । उनि बुटवलबाट बुधबार दाङ आएकी हुन ।
‘पहिला हामीले बुटवलमा दर्ता गराउन खोजेका थियौं,’ उनले भनिन्, ‘तर, बुटवलबाट दाङ नै दर्ता गर्न सुझाव दिनुभयो, त्यहीअनुसार दर्ता गर्ने तयारीमा छौँ ।’
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
गत साउन १५ देखि ५ दिनसम्म आफूलाई बन्धक बनाएको भन्दै पूर्वमुख्यमन्त्रीसहित एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतविरुद्ध जाहेरी दिने उनले बताइन् ।
लुम्बिनी प्रदेश दाङका प्रहरी प्रमुख मुकुन्द आचार्यले विधि पुर्याएर जाहेरी आए दर्ता गर्ने बताएका छन् । खत्री र माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले मंगलबार इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी मदन कुँवरलाई किटानी जाहेरी बुझाएका थिए । डिएसपी कुँवरले उनले घटनाको सुरुवात भएको स्थान दाङमै भएकाले त्यहीँ उजुरी दर्ता गर्न सुझाब दिएका थिए । खत्रीले दिएको उजुरीअनुसार अदालतले कसुर ठहर गरेमा ७ वर्षदेखि १० वर्षसम्म कैद र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था रहेको छ । नयाँ पत्रिकाबाट
३० भाद्र २०७८, बुधबार १९:१८ प्रकाशित