संगठन सुदृढिकरण तथा नयाँ सदस्यता बिस्तार अभियानमा प्रेस संगठन बाँके
  • काँचुली खबर

प्रेस संगठन बाँकेले संगठनका केन्द्रिय सदस्य बिन्दु चौहानको मृत्युप्रति दुख ब्यक्त गर्दै शोक प्रस्ताव पारीत गरेको छ । बुधबार बाँकेको कोहलपुरमा सम्पन्न संगठनको बैठकले चौहानको शोक पस्ताव पारित गर्दै महान जनयुद्धका योद्धा पोष्ट बहादुर बोगटीको ७ औं स्मृती दिवसका अवसरमा बोगटीको तस्बिरमा आल्यार्पण समेत गरीएको छ ।

संगठनका संयोजक डक्ट प्रसाद धितालको अध्यक्षतामा बसेको बैठकले संगठन सुदृढिकरण तथा नयाँ सदस्यता बिस्तार अभियानलाई समेत तिब्रता दिने निर्णय गरेको संगठनका सहसंयोजक राजेश आचार्यले जानकारी दिए । साथै संगठनलाई जिल्लाका आठ वटै स्थानिय तहमा जोड्नकालागि साँगठनिक गतिविधि संचालन गर्ने निर्णय समेत भएको आचार्यले बताए ।

बैठकमा सहभागी नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटि सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि नरेन्द्र न्यौपानेले नेपालमा भएका हरेक ऐतिहासीक परिवर्तनमा संचार क्षेत्रले उल्लेखनिय योगदान पुर्याएको बताउँदै संचाल क्षेत्रको विकासमा राज्यले उचित ध्यान दिनुपर्ने बताए । क्रान्तिकारी तथा श्रमजिवी पत्रकारहरुको संगठनका रुपमा प्रेस संगठनले देशब्यापी रुपमा नेतृत्वदायी भुमिका खेल्दै आएकको र आगामी दिनमा समेत आवाज बिहिनहरुको आवाज बन्दै अगाडी बढ्नेमा आफु विश्वस्त रहेको बताए ।

त्यसैगरी नेकपा माओवादी केन्द्र जिल्ला कार्यालय सदस्य डिल्ली बरालले स्थानिय स्तरमा हुने सबैखाले गतिविधिलाई आमसमुदायसाग जोड्न संचार क्षेत्रले भुमिका खेल्नुपर्ने बताए । उनले संगठनको निति, विधि र सिद्धान्तभन्दा बाहिर नजान समेत संगठनमा आवद्ध सबै पत्रकारहरुलाई आग्रह गरेका छन ।

नेकपा माओवादी केन्द्र कोहलपुर नगर कमिटि अध्यक्ष तुलाराज विष्ट बिहानीले संगठनलाई सबैको प्रिय संगठनका रुपमा स्थापित गर्दै जनजिविकासँग प्रत्यक्ष जोडिएका विषयहरुलाई उजागर गर्न आग्रह गरे । साथै चुस्त, दुस्त र मर्यादित संचारकर्मीको साझा संगठनका रुपमा विकास गर्न समेत आग्रह गरेकका छन ।

बैठकमा प्रेस संगठनका केन्द्रिय सदस्य प्रदिप वाग्ले, केन्द्रिय अनुशासन आयोगका सदस्य शुसिल लामिछाने, लेखा आयोग सदस्य सिराज खान, नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज) लुम्बिनी प्रदेश कमिटिका महासचिव गजेन्द्र गुरुङ, संगठनका नेताहरु संगिन शर्मा, आलम खान, हेमन्त चौधरी लगाएतले आफ्नो धारणा राखेका थिए ।

  • ३० भाद्र २०७८, बुधबार १५:०९ प्रकाशित
  • Nabintech