दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यामिक विद्यालयमा कार्यरत शिक्षक नगेन्द्र बिसीको हत्या भएको छ ।
उनको शव मंगलबार बिहान विद्यालय प्राङ्गणमै भेटिएको दैलेखका प्रहरी प्रमुख डीएसपी अनुप श्रेष्ठले जानकारी दिए । ‘स्कुल प्राङ्गणमा विभत्स तरिकाले शिक्षकको हत्या भएको छ,’ उनले भने ।
शिक्षक बिसीको घाँटी रेटेर हत्या गरिएको अवस्थामा मंगलबार बिहान शव भेटिएको हो ।
धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्नको आशंकामा २ जनालाई पक्राउ गरेको छ । उनीहरु विद्यालयसँगै जोडिएको पसल सञ्चालक हुन् ।
शिक्षक बिसी २०५६ सालदेखि विद्यालयमा कार्यरत थिए ।
२९ भाद्र २०७८, मंगलवार २०:३० प्रकाशित