नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । वाग्मती प्रदेश सरकारलाई दिएको समर्थन नेकपा एसले फिर्ता लिएको हो ।
यस्तै नेकपा एस बागमती प्रदेश संसदीय दलको नेतामा राजेन्द्र पाण्डे चयन भएका छन् । ज्येष्ठ सदस्य सांसद माधव पौडेलको अध्यक्षतामा आइतबार बसेको नेकपा ‘एस’ को पहिलो संसदीय दलको बैठकले पाण्डेलाई दलको नेताको रुपमा चयन गरेको हो ।
प्रदेशसभा सचिवालयमा एमालेको विभाजन भएर गठन भएको नेकपा ‘एस’ मा सनाखत गरेका १३ सांसदहरुलाई मान्यता दिँदै नामावलीसहितको पत्र निर्वाचन आयोगबाट प्राप्त भएसँगै दलको चयन गरिएको हो ।
बैठकले संसदीय दलको विधान पारित गरेको र अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकार दिएको समर्थन फिर्ता लिने निर्णय गरेको नेता पाण्डेले जानकारी दिए । नेकपा ‘एस’ ले प्रदेशसभा सचिवालयभित्रै संसदीय दलको कार्यालयसमेत स्थापना गरेको छ ।
नेकपा ‘एस’ आधिकारीक रुपमा प्रदेशसभा दर्ता भएसँगै वाग्मती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ७ पुगेको छ । वाग्मतीमा नेकपा ‘एस’ १३ सांसदसहित चौथो दल भएको छ ।
२७ भाद्र २०७८, आईतवार १७:१२ प्रकाशित