बुधबार बिहान मलामी गएका एक व्यक्ति राप्ती नदीमा बगेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार नेपालगञ्ज-१० भृकुटी नगरका सरोज चन्द मलामी गएको बेलामा राप्ती नदीको सिद्धनियाँ घाट नजिकै नदिमा डुबेर बेपत्ता भएका हुन् ।
स्थानीयको मलामी गएका चन्द बुधबार बिहान साढे ११ बजे नदीमा डुबेका थिए । उनको खोजी भई रहेको प्रहरीले जनाएको छ । नदीमा धमिलो पानी हुनुको साथै पानीको बहाव पनि तेज भएको कारण खोजीमा समस्या भएको छ ।
यसैगरी बुधबार बिहानै बाँके बर्दियाको सिमा क्षेत्रमा रहेको मान नदीले बगाउदा बाँकेको खजुरा गाउपालिका-७ का ५५ वर्षिय विक्रम राई बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार बुधबार बिहान नजिकैको जंगलबाट दाउरा ल्याउने क्रममा १० बजे उनलाई मान नदीले बगाएको हो । उनको खोजी भई रहेको प्रहरीले जनाएको छ ।
२३ भाद्र २०७८, बुधबार १६:४७ प्रकाशित