नेपाली काँग्रेसको महाधिवेशनका लागि तल्लो तहमा अधिवेशनहरु धमाधम भैरहेका छन् । जसअन्तर्गत नेपाली काँग्रेस दुल्लु नगरपालिका १० को वडा अधिवेशन सम्पन्न भएको छ ।
वडा अधिवेशनमा दिपेन्द पुरी सर्वसम्मतरुपमा सभापतिमा चुनिएका छन् । पुरीलाई आशा लाग्दो युवा नेताको रूपमा हेरिएको कारण पनि सर्वसम्मत नेतृत्व चयन गर्ने वातावरण बनेको थियो । सभापति दीपेन्द्र पुरी लगायत २६ सदस्यीय वडा समिति गठन भएको छ ।
युवा नेता पुरी दुल्लु नगरपालिकाका युवाहरु माझ लोकप्रिय छन् । नेपाली काँग्रेसको स्थानीय राजनीतिमा पुरीको बलियो पकड रहेको देखिन्छ । विद्यार्थी राजनीति हुँदै पार्टीको राजनीतिमा लागेका हुन ।
१९ भाद्र २०७८, शनिबार १९:२८ प्रकाशित