बाँके प्रहरीले ठुलो परिमाणमा सुन बरामद गरेको जनाएको छ । शुक्रबार अबेर राती पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय बाँकेले राँझा विमानस्थलबाट सुन सहित २ जनालाई पक्राउ गरेको जनाएको हो ।
शुक्रबार दिउँसो सवा ३ वजे श्री एयरको विमानबाट नेपालगन्ज झरेका झापा खादुवानावारीका २६ वर्षका अमिर लगुन विश्वकर्मा र मोरंग लेटारका २६ वर्षकै वुद्धिमान खातीलाई चार किलो बढी सुनसहित पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
प्रहरीका अनुसार उनीहरुको गतिविधि शंकास्पद देखिएपछि विमास्थलको आगमन कक्ष वाहिर प्रहरीले रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा विश्वकर्माले लगाएको जुत्ताको दाँयाबाँया दुई दुईवटा सुनको विस्कुट र खातीले लगाएको जुत्ताको तलुवामा एकएक पिस सुनको विस्कुट भेटिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

उनिहरुको साथबाट फेला परेको ६ थान सुनको विस्कुटको तौल ३ किलो ९९४ ग्राम रहेको प्रहरीले जनाएको छ । त्यसैगरी खातीले बोकेको लेदरको कालो रंगको झोला चेकजाँच गर्दा तिलहरी वाला र २७.४९ ग्रामको ५ थान गणेश लकेट समेत बरामद भएको एसपी अधिकारीले बताए ।
बरामद गरीएको सुन कहाँ लगिदै थियो भन्नेबारे अझै केही नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बरामद सुन र पक्राउ व्यक्तिलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाइने भएको छ ।
राँझाबाट ४ किलो सुनसहित २ जना पक्राउ
१८ भाद्र २०७८, शुक्रबार २१:३५ प्रकाशित