कृषि क्रान्ति छालांग मार्दै
बुरुक बुरुक उचालिदै
निषेधित अंगमा थुतुनो जोत्ने
दाम्लो चुडाएको साँढे जस्तो
कस्तो बिऊ रोप्यौ तिम्ले ?
धानको बिऊ घाँटी भरि
खादा चट्ट सजाएर
सेलिब्रेटी बिउको मुठो
एक्कै ठाउँमा झ्याप्प गाड्दै
कस्तो बिऊ रोप्यौ तिम्ले ?
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
टाई सुटमा सजिएर
रोपाईंको मर्म भुल्दै
लडिबुडी मोजमस्ती
हिलै भित्र गुटुमुटु
कस्तो बिऊ रोप्यौ तिम्ले ?
जिउको बस्त्र ठेगान छैन
कैले माथि कैले तल
छोप्नु पर्ने देखाएर
धान दिवस कि?ज्यान दिवस
कस्तो बिऊ रोप्यौ तिम्ले ?
असार १५ आउन साथ्
हिलो खेल्ने बहानामा
सस्कृति भित्र विकृति रोपी
खिल्ली उडाउँदै किशानको
कस्तो बिऊ रोप्यौ तिम्ले ?
जिम्मेवार हरिलट्ठक खेत पसी
रोपारको फरिया तान्दै
लैनो पाडाले जस्तै थुतुनो जोत्ने
यहि परम्परा थालनी गरि
कस्तो बिऊ रोप्यौ तिम्ले ?
धान फल्ने खेत भरि
कंक्रिटको महल हेर
गमलामा धान रोपी
विदेश बाट चामल किन्ने
कस्तो बिऊ रोप्यौ तिम्ले ?
चिरिएका हात खुट्टा कुरीकुरी गर्छौ किन
वर्षभरि खेति गर्ने किशानको गौरव माथि
मस्ती गर्यौ फोटो खिच्यौ
एक दिने किशान बनि
कस्तो बिऊ रोप्यौ तिम्ले ?

सोनी शर्मा
१६ असार २०७५, शनिबार १५:०८ प्रकाशित