राजेश हमालको नयाँ फिल्मकालागि भब्य सेट तयार
  • काँचुली खबर

नेपाली चलचित्र छायांकनका लागि सुटिङ स्टूडियोको अभाव छ । हरेक वर्षको बजेटमा सुटिङ स्टूडियोका लागि बजेट छुट्याइएता पनि अहिलेसम्म काम सुरु हुन सकेको छैन । यसैले पनि निर्माताले महंगोे रकम तिरेर सुटिङ सेट तयार पार्ने गरेका छन् । अधिकांश निर्माताले भने दैनिक शुल्क तिरेर केही सेटमा चलचित्रको छायांकन गर्दै आएका छन् ।

नायक राजेश हमालको शिर्ष भूमिका रहने चलचित्र ‘सत्यम्’का लागि महंगो सेट तयार भएको छ । पोखरामा चलचित्रका लागि महंगो रकम खर्च गरेर भव्य सेट तयार पारिएको निर्माता रोशन सापकोटाले जानकारी दिए । चलचित्रको छायांकन मनाङ, मुस्ताङ, पोखरा तथा काठमाडौंमा हुनेछ । चलचित्रका निर्देशक शंकर कार्कीले यो सेटमा हेलिकप्टर दुर्घटनाको दृश्यदेखि ठूला भवनहरुको समेत छायांकन हुनेछ । उनले, ४ ठाउँमा आउटडोर दृश्यबाहेक अधिकांश दृश्यको छायांकन सेटमै हुने जानकारी दिए ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

चलचित्रका निर्माता रेशम सापकोटाले यो सेट अहिलेसम्मकै भव्य हुनसक्ने बताए । उनले भने, ‘हामीले चलचित्र छायांकन गर्ने सेट संभवत नेपाली चलचित्रको इतिहासकै ठूलो सेट हुनसक्छ । आजसम्म यति ठूलो छायांकन सेटमा चलचित्र खिचिएको मैले थाहा पाएको छैन । चलचित्रलाई स्तरिय बनाउनका लागि हामीले कुनै कसर बाँकी राखेका छैनौं ।’ यो सेटको लम्बाई सय मिटर र चौडाई पचास मिटर रहेको छ ।

दशैं लगतै वर्कशप र तिहारपछि छायांकन सुरु गर्ने योजनामा निर्माणपक्ष छ । चलचित्रमा अनुप विक्रम शाही, पल शाह लगायतको पनि अभिनय रहनेछ । यस्तै, चलचित्रमा महत्वपूर्ण भूमिकाका लागि कलाकार अभय बराल पनि अनुवन्धित भैसकेका छन् । २ नायिकाहरुसँग भने चाडै नै संझौता हुने निर्माणपक्षको भनाई छ ।

यस्तै, केही समय अगाडि चलचित्रको टिमले देशका विभिन्न ठाउँमा अडिसन आयोजना गर्दै कलाकारको आह्वान गरेको थियो । जसमा अडिसनबाट बाल कलाकाहरु प्रिनस प्रसिद्द सिंह थापा, नेरिस्का स्थापित र सूजन परियार छानिएका छन् । यस्तै, महिला कलाकारहरुमा अन्विसा खड्की, बेदना राई, अनुजा सिंह, प्रतिष्ठा थापा, मरिया कार्की, मुस्कान वाग्ले, अस्मी थापा छानिएका छन् भने पुरुष कलाकारहरुमा प्रविन चापागाँई, सागर खनाल, अमृत दाहाल, मनोज थापामगर, माधव अधिकारी, लक्ष्मण अधिकारी, समराज्य कार्की, कैलाश रावल, प्रतिक उप्रेती, प्रिन्स विश्वकर्मा, संजोग रसाइली, विनायक गौतम, अनुज शर्मा, गौरभ कपूर, मोख्तर खान छानिएका छन् ।

चलचित्रमा नायक राजेश हमाल ४ वटा फरक भूमिकामा देखिएका छन् । रेशम सापकोटाको लेखन रहेको यो चलचित्रमा रेशम गौतम, सुवास भुर्तेल, श्याम मल्ल, कृष्ण अधिकारी सह–निर्माताको रुपमा छन् । योगेश काजीको संगीत रहेको चलचित्रमा विदुर पाण्डेको छायांकन, अष्टमान महर्जनको एक्सन रहनेछ ।

  • १८ भाद्र २०७८, शुक्रबार १९:५१ प्रकाशित
  • Nabintech