नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिष्ट लीग नेपाल (वाईसीएल) को भेलाले बाँकेका ४ जनालाई केन्द्रीय कमिटीमा चयन गरेको छ ।
२३१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दै सम्पन्न भएको वाईसीएलको भेलाले बाँकेबाट रत्न बहादुर शाही, मिना चदारा, किस्मत शेख अलि र गिता शाहीलाई केन्द्रीय समितिमा चयन गरेको हो ।
यसैगरी लुम्बिनी प्रदेशका विभिन्न जिल्ला र कार्यालय टिमबाट २४ जान वाईसीएलको केन्द्रीय समितिमा चयन भएका छन । जसमध्ये बाँकेबाट ४ जना छनौट भएका हुन ।
पदाधिकारीबिना नै केन्द्रीय समिति चयन गरेको केन्द्रीय समितिबाटै वाईसीएल नेपालले केहि दिनमै पदाधिकारीबारे टुंगो लगाउने जनाएको छ ।
वाईसीएलको भेला भदौ १२ देखि १५ गतेसम्म भर्चुअल माध्यमबाट चलेको थियो ।
लुम्बिनी प्रदेशबाट केन्द्रीय समितिमा को-को परे ?
१) गणेश शाही (लुम्बिनी प्रदेश कार्यालय)
२) रत्न बहादुर शाही (लुम्बिनी प्रदेश कार्यालय)
३) जितेन्द्र पुन (लुम्बिनी प्रदेश कार्यालय)
४) गोपाल वली (लुम्बिनी प्रदेश कार्यालय)
५) ठाकुर सौराग (लुम्बिनी प्रदेश कार्यालय)
६) रितमान पुन (रोल्पा)
७) लक्ष्मण पन्त (दाङ)
८) माधव बस्नेत (रुपन्देही)
९) मुकेश थापा (प्युठान)
१०) सुनिल रोका मगर (रुकुम पूर्व)
११) युवराज थापा (पाल्पा)
१२) नारायण चन्द (गुल्मी)
१३) कृष्ण सारु मगर (अर्घाखाँची)
१४) दिपक राना मगर (पश्चिम नवलपरासी)
१५) शिव बन्जाडे (कपिलवस्तु)
१६) किस्मत शेख अलि (बाँके)
१७) राजकुमार मैनाली (बर्दिया)
१८) मिना चदारा (बाँके)
१९) दिलकुमारी घर्ति (दाङ)
२०) गिता शाही (बाँके)
२१) निर्मला केसी (पश्चिम नवलपरासी)
२२) बसन्ती थारु (बर्दिया)
२३) सपना रोका मगर (रुपन्देही)
२४) दिपक रोका मगर (रोल्पा)
१६ भाद्र २०७८, बुधबार १९:३९ प्रकाशित