लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल बहादुर केसी ‘सोनाम’ले जनताका आधारभुत आवश्यकता सम्बोधनकालागि सरकार प्रतिवद्ध रहेको बताएका छन । सोमबार बाँकेको कोहलपुर आईपुगेका मुख्यमन्त्री सोनामले नागरीकसँग प्रत्यक्ष जोडिएका विषयवस्तुको सम्बोधन नै बर्तमान सरकारको प्राथमिकता रहेको बताएका हुन ।
विगतका सरकारले जनतालाई सपना मात्र देखाउने गरेपनि अब उक्त प्रक्रिया दोहोर्याउन नहुने बताउँदै मुख्यमन्त्री सोनामले जनमुखी कार्यक्रम मार्फत जनतासँग जोडिएर सरकार संचालन प्रक्रिया अगाडी बढाईने बताए । ‘अहिले हाम्रो प्राथमिकता पानीजाहाज होईन’, मुख्यमन्त्री सोनामले भने, ‘वर्तमान सरकार प्रदेशभरका नागरीकहरुलाई कोरोना बिरुद्धको उपलब्ध गराउन प्रतिवद्ध छ ।’
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
प्रदेशमा आफ्नो नेतृत्वमा सरकार आए लगत्तैको पहिलो क्याविनेट बैठकले क्यान्सर पिडितहरुलाई सम्बोधन गर्ने गरी राहत प्याकेज ल्याएको र उक्त निर्णय कार्यान्वयन प्रक्रियामा रहेको बताउँदै मुख्यमन्त्री सोनामले शिक्षा, स्वास्थ्य र रोजगारको सहज उपलब्धताकालागि प्रभावकारी योजना ल्याउन आवश्यक रहेको बताए ।
मुलुक समाजबादतर्फ उन्मुख भईरहेकाले जनताको जनजिविकासँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक गतिविधिहरुमा सक्रिय हुन सोनामले सबै नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन ।
नेकपा माओवादी केन्द्र कोहलपुर नगर कमिटीले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा माओवादी केन्द्रका नगर अध्यक्ष तुलाराज विष्ट बिहानीले मुख्यमन्त्री सोनामलाई ज्ञापन पत्र समेत बुझाएका थिए । नगरका १५ वटै वडामा संचालन गर्नुपर्ने विकासका गतिविधिहरुको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको हो ।
ज्ञापनपत्रमा उल्लेख गरीएका योजनाहरु यसप्रकार रहेका छन ।:





१४ भाद्र २०७८, सोमबार २१:३९ प्रकाशित