बाँकेमा कोरोना भाईरस संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । आईतबार उपचारका क्रममा कोहलपुर नगरपालिका-११ की ६० वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएकोछ ।
स्वास्थ्यमा समस्या भएपछि उनलाई १० गते भेरीमा भर्ना गरिएको थियो । त्यसको भोलिपल्ट कोभिड पुष्टि भएको थियो । उनको उपचारका क्रममा आज दिउँसो पौने एक बजेतिर मृत्यु भएको हो । योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय २९ पुगेको छ ।
१३ भाद्र २०७८, आईतवार १४:५७ प्रकाशित